विदाई कार्यक्रम सम्पन्न

0
328

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पेशेवर कार्यकर्ता तथा केन्द्रीय सदस्य ओविराम जिएम, सचिव तारा जिसी, सदस्य नारायण जिसी, केन्द्रीय महिला विभागकी सदस्य तारा थापा क्षेत्री, केन्द्रीय प्रतिनिधि विष्णु आचार्यलाई विदाई गरिको छ । द्वय ओविराम जिएम र विष्णु आचार्यलाई एक समारोह बीच विदाई कार्यक्रम सम्पन्न गरिएको थियो ।

केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसीको अध्यक्षतामा अतिथिहरु नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, पूर्व सांसद हरि आचार्यको आतिथ्यता रहेको थियो । विदाई लिने द्वय ओविराम जिएम र विष्णु आचार्य, जनजाति विभागबाट रामबहादुर पुन, महिला विभागबाट रमकला काउछा, केन्द्रीय उपाध्यक्ष देवबहादुर लामिछाने, हरि आचार्य र मोहन विक्रम सिंहले विदाई मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन सचिव प्रेम पौडेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here