विदाई कार्यक्रम सम्पन्न

0
184

चितम्बरम, १० डिस । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समिति अन्तर्गत संचालित कार्यकाल एरिया समितिमा रहेर लामो समयसम्म काम गर्दै आउनु भएको गंगा बहादुर कार्कीलाई स्वदेश विदाई गरिएको छ । कार्कीले कार्यरत कम्पनीबाट अवकाश लिई सदाको लागि स्वदेश जानुहुने हुँदा उहाँको सम्मानमा एरिया समितिले विदाई कार्यक्रम सम्पन्न पारेको हो ।

अध्यक्षता दुर्गादेवी हमाले र सञ्चानल नारायण शर्माले गर्नुभएको सो कार्यक्रममा स्वागत मन्तव्य सिता सुवेदीले दिनुभएको थियो ।

गंगाबहादुर कार्कीलाई सुर्य कला शर्मा, डिल्ली प्रसाद शर्मा, हिम बहादुर हमालले अविर, माला र दोसल्ला ओडार सम्मान गरिएको थियो । सो विदाई कार्यक्रममा नगर उपाध्यक्ष सुर्यमान गिरीले विदाई तथा शुभकामनाका मन्तव्य राख्दै गंगा बहादुर केसी ज्यूले एकता समाजबाट सिकेको राजनीतिक शिक्षा देश परिवर्तनमा प्रयोग गर्नु हुने आशा व्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here