फरीदावाद । नेपालमा वामपन्थी गठबन्धनको चुनाव जीत सरकार गठनको अबसरमा खुशीयाली प्रकट गर्दै भारतको राष्ट्रिय राजधानी क्षेत्र फरीदावादमा आम सभा सम्पन्न भएको छ । कार्यक्रमको प्रवासी नेपाली संघ भारत र अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय समितिको संयुक्त आयोजनामा गरिएको थियो ।
कार्यक्रममा वक्ताहरुले वामपन्थी तालमेल र पार्टी एकता राष्ट्रको ऐतिहासिक आवश्यकता रहेको बताएका थिए । बाम एकता राष्ट्रको परिवर्तनका लागि नेपाली जनताले विगत ७० वर्षदेखि अनेकौं शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र संघर्षहरू गरेका, संघर्षका क्रममा हजारौं योद्धाहरूले आफ्नो जीवन बलिदान गरेका छन्, हजारौं योद्धा बेपत्ता भएका छन् । हजारौं घाइते र अंगभंग भएका छन् । नेपालमा हजारांै वर्षदेखि कायम राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ त्यसलाई अझै समपूर्ण नेपाली जनताले अनुभूती गर्न बाँकि रहेको बताएका थिए । त्यस्तै वक्ताहरुले चुनावमा विजयी वामगठबन्धनका उमेदवारहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य लक्ष्मण पन्त, प्रवासी नेपाली संघ भारतका केन्द्रीय अध्यक्ष लोकनाथ भण्डारी, अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय सचिब उषा थापा खड़काले अतिथिको आसनबाट सम्बोधन गरेका थिए ।
कार्यक्रमको अध्यक्षता अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय अध्यक्ष इश्वरी भण्डारीले र सञ्चालन प्रवासी नेपाली संघ भारतकी केन्द्रीय उपाध्यक्ष सीता अधिकारीले गरेकी थिइन् । कार्यक्रममा सहभागिहरुलाई एकता मञ्च केन्द्रीय सचिव आरबी खड़काले स्वागत गरेका थिए ।
ज्ञान बहादुर केसी, किशन बोहरा, मानु श्रेष्ठ, अर्जुन दयाल, सूर्य राना, राम बहादुर डीसी, मोहन थापा, इश्वरी भण्डारी, हेमन्त अधिकारी लगायतले कार्यक्रममा आतिथ्यता गरेका थिए ।