वापीमा भलिवल प्रतियोगिता सम्पन्न

0
314

वापी । शहरको चनोदस्थित KBS Collage Ground मा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । भुवनसिंह धामीको अध्यक्षता नविन खवासको सञ्चालनमा कामर्यक्रम अगाडि बढेको थियो । कार्यक्रम अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष बेदबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा पश्चिम भारत महिला क्षेत्रीय विभागकी अध्यक्ष रमकला काउछा, क्षेत्रीय सहसचिव प्रविणसिंह काउछा, क्षेत्रीय कोषाअध्यक्ष कृष्ण कुंवर, नेपाली समाचार संवाददाता श्रीधर शर्मा, नगर अध्यक्ष चेतनाथ ढकाल एवं अन्य विभिन्न संघसंस्थाका बुद्वीजीवीहरूको पनि आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि वेदबहादुर कार्कीले रिबन काटेर खेलको विधिवत उद्घाटन गर्नु भएको थियो । प्रतियोगीतामा कुल १३ टिमको सहभागीता रहेको थियो । उत्कृष्ट खेलको प्रदर्शन गर्दै दमनले पहिलो, मिराशोल (दमन)ले दोस्रो स्थानमा विजयी भएका थिए ।

प्रथम हुने टिमका खेलाडीहरूलाई भुवनसिंह धामीले कप तथा पुरस्कार वितरण गर्नु भयो । त्यस्तै नगरका सचिव गनबहादुर राना र नगर सदस्य तुलसी भण्डारीले मेडल एंव सर्टीफिकेट वितरण गर्नु भएको थियो ।

दोस्रो हुने टिमका खेलाडीहरूलाई कृष्ण कुंवरले कप तथा पुरस्कार नगर समितिका सदस्य नविन खवास र इन्द्रबहादुर बन्जाराले मेडल तथा सर्टीफीकेट वितरण गर्नुभएको थियो ।

खेल मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने वापी (पूर्व) नगर समितिको आयोजनामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here