वापीमा तीजको अवसरमा उत्कृष्ठ विद्यार्थीहरु सम्मानित

0
442

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी पूर्व, वापी पश्चिम, दमन र सरिगामको संयुक्त आयोजनामा वापीको भिआइए हलमा तीजि कार्यक्रम भव्य रुपमा सम्पन्न पारिएको छ ।

विष्णु मायाँ शर्माको अध्यक्षता तथा कमला ढकालको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सचिव प्रेम पौडेल, महिला केन्द्रीय विभागकी रमकला काउछा, क्षेत्रीय समितिका उपाध्यक्ष कृष्ण कुँवर, कोषाध्यष श्रीधर शर्मा, सहसचिव प्रविण सिंह काउछा, महिला क्षेत्रीय विभागकी शोभा धामी, क्षेत्रीय समितिका गनबहादुर राना, क्षेत्रीय वैकल्पिक सदस्य खड्क बहादुर बोगटी, क्षेत्रीय सल्लाहकार पवन गुरुङ, वापी पश्चिमका भूवन सिंह धामी, दमन नगर समितिका बाबुराम दहित, दमन महिला विभागकी दुर्गा राना, वापी पश्चिमबाट गंगा आचार्य, सरिगामबाट अरुणा लेप्चा, रक्तिम पश्चिम भारत क्षेत्रीय विभागबाट हरिसिंह काउछा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रेम पौडेलले कक्षादेखि विएसम्मको पढाईमा उत्कृष्ट नम्बर लिएर पास हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै उत्कृष्ठ खेलाडीहरुलाई पनि मेडल तथा प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here