वर्षातको पानीले केरला राज्यमा तवाही

0
225
कोचिन । भारतको दक्षिणी क्षेत्रमा रहेको यो सुन्दर राज्य केरला यतिवेला भारी वर्षातको कारणले बेहाल छ । हालसम्म प्राप्त जानकारीका अनुसार ३२४ जनाको मृत्यु भइसकेको र करिब २ लाख मानिसहरु प्रभावित भएको बताइएको छ ।
           अवस्था कति भयावह छ भन्ने कुरा माथि उल्लेखित तथ्यहरुले नै प्रमाणित गर्दछ, त्यहाँ हालसम्म सामान्यबाट ३७.५ प्रतिशत वर्षात धेरै भएको मौसम विभागले जनाएको छ । साथै १४ जिल्लाहरु मध्य ७ को अवस्था अलिक भम्भीर छ र १३ जिल्लाहरुलाई मौसम विभागले अलर्ट जारी गरेको छ ।
           यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कोचिन नगर सदस्य डिबि थापा र नगर उपाध्यक्ष रमेश नागरी अति प्रभावित क्षेत्र आलुवामा गई जायजा लिएको बताउनु भएको छ ।
             “त्यहाँको अबलोकन गरिसके पछि स्थानीय प्रशासन र उद्दार टोलीसँग बुझेऔं, कुनै नेपालहरु परे नपरेको समेत जानकारी लिने कोशिस गर्यौं ।” नागरीले भने– “आपतमा परेका नेपालीलाई सहयोग गरिंदिन आग्रह पनि गरेका छौं ।”
             कालडी एरियामा फसेका तीन नेपालीहरुलाई निकाली सुरक्षित ठाउँमा पठाइ सकेको रमेश नागरीले हामीलाई जानकारी दिनुभएको छ । उद्दार पाएका तीन जनामा मान बहादुर नागरी, जङ्ग बहादुर नागरी र भिम बहादुर नागरी रहेका छन् । उनीहरु नेपाल डोटी आदर्श गाउपालीका ४ निवासी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here