विजय राना
बागलुङ, चैत ३० । अखिल नेपाल युवक संघका महासचिव अनिल किशोर घिमिरेले वर्तमान बामपन्थी सरकार जनताको पक्षमा नभएको बताएका छन् । उनले भने– “सरकार युवाहरुको रेमिटेन्समा रमाए पनि युवाहरुको सुरक्षाबारे कुनै पनि चासो लिएको छैन ।” अखिल नेपाल युवक संघ बागलुङको दशौँ जिल्ला सम्मेलनको प्रमुख अतिथिको आसनबाट बोल्दै घिमिरेले भने– “लाखौं युवाले विदेशमा कष्टकर जीवन बिताउनु पर्ने बाध्यता छ ।”
घिमिरेले अहिलेको सरकार बामपन्थी सरकार भए पनि जनताको पक्षमा काम गर्न नसक्ने ठोकुवा गरे । आफ्नो पद स्वार्थका कारण सरकारको विभिन्न पदमा आसिन व्यक्तिहरुले जनताको काम गर्न नसक्ने बताउँदै बामपन्थि सरकारले कम्युनिष्टहरुको बद्नाम मात्र गर्ने घिमिरेको आरोप थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य कृष्ण थापा र टेकबहादुर घर्तिले युवाहरु रचनात्मक बन्नु पर्ने बताएका थिए । युवाहरु देश र जनताको पक्षमा लाग्नु पर्ने औंल्याए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्ऽिय सदस्य राजेन्ऽ ढुङ्गानाले नेपाल सरकारका नीति तथा कार्यक्रमहरु जनतामुखी नभएको र संघीयताले जनता दोहोरो–तेहेरो करको मारमा परेको बताए ।
केपी ओली नेतृत्वको वर्तमान सरकारले बामपन्थीहरुको बदनाम बनाउने र अन्तत: बामपन्थी आन्दोलनलाई नै कमजोर बनाउने राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले बताए । थापाले ओली भारत भ्रमणमा रहँदा राष्ट्रघाती सम्झौता गरेको समेत औंल्याए ।
अखिल नेपाल युवक संघ बागलुङको दशौँ जिल्ला सम्मेलनबाट भिमसेन वन सर्वसम्मत रुपमा जिल्ला अध्यक्ष चुनिएका छन् । बागलुङको जैमिनी नगरपालिका वडा न. १ कुस्मीसेरामा भएको सम्मेलनबाट वन अध्यक्ष चुनिएका हुन् । संघको उपाध्यक्षमा बिमल बुढा, सचिवमा विरेन्ऽ थापा, सह–सचिवमा अनिल गिरी, कोषाध्यक्षमा वसन्त सापकोटा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा: सञ्जाल शर्मा, खगेन्ऽ थापा, श्रीप्रसाद थापा, ओमकार श्रीष, युवराज महत, विरेन्ऽ घर्ति, दुर्गा थापा, जुन विक्रम शाही, पवित्रा बुढामगर, प्रदिप पुन रहेका छन् । त्यस्तै ४ बैकल्पिक सदस्यमा कृष्ण सुवेदी, जीवन घर्तिमगर, भिष्म छन्त्याल, पिताम्बर सापकोटा रहेका छन् ।
अखिल नेपाल युवक संघका जिलल अध्यक्ष भिमसेन वनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मण पुनले गर्नु भएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारद्वारा गीत र नृत्य प्रस्तुुत गरिएको थियो ।