टेकराज भुसाल(टेकु)
पुस ६, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट अनेम संघ ढाकावाङ्गकी वृद्ध महिला नेत्री तथा राष्ट्रिय जनमोर्चाका नेता जनक खनाल–कृष्ण खनाल उमानन्द खनाल र ज्ञानप्रसाद खनालकी ममतामयि आमा तुल्सादेवी खनालको निधन भएको छ । भुमिकास्थान–१ ओखटे निवासी नेत्री खनालको ८३ वर्षको उमेरमा निधन भएको हो ।
सामाजिक सेवाको क्षेत्रमा समेत अब्बल रहँदै आउनुभएकी नेत्री खनालको शुक्रबार दिउँसो २ बजे निधन भएको हो । उहाँको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका नेता मेघराज खनाललेले पार्टीको झण्डा ओढाई श्रदाञ्जली पश्चात नेत्री खनाललाई दाह संस्कार गरिएको थियोे ।
राष्ट्रिय जनमोर्चाका नेता मेघराज खनाल साबिक ढाकाबाङ्ग गाबिसका निवार्चित उपाध्यक्ष तथा राष्ट्रिय जमोर्चा दाङ्ग जिल्ला सदस्य खडानन्द खनाल, भुमिकास्थान– १ का वडा अध्यक्ष भोजराज खनाल, युवक संघका जिल्ला अध्यक्ष कुलराज खनाल, अखिल नेपाल टेड युनियन महासंघ अन्टुकका भुमिकास्थान नगर सचिव युवराज खनाल, अखिल नेपाल शिक्षक संघ जिल्ला सदस्य हिमलाल खनाल, अखिल नेपाल महिला संघ कि शान्ता खनाल, जातिय समातस माजका रामबहादुर नेपाली, जनजाति सम्मेलनका बेम बहादुर घर्ती लगायतले श्रदाञ्जली मन्तव्य राख्नु भएको थियो ।
वक्ताहरुले नेत्री खनालको निधनले अर्घाखाँचीको कम्युनिष्ट आन्दोलनमा अतुलनिय क्षति पुगेको बताउनुभएको थियो । नेत्री खनालकाका छोरा उमान्द खनालको अध्यक्षता र माधव खनालको सञ्चालनमा सम्पन्न श्रदान्जली सभामा नेकपाका प्रतिनिधि लिल बहादुर घर्ती र काङ्ग्रेसका प्रतिनिधि चुरामणी भुसाल लगायतको उपस्थिति रहेको थियो ।