लोकदोहोरी गायक बिष्णु खत्री जापान नेपाली कलाकार मञ्चद्धारा सम्मानित

0
296

मेघराज रिष्मेली
पौष १२, जापान ।
जापान नेपाली कलाकार मञ्च ओसाकाद्धारा बहुचर्चित लोक तथा दोहोरी गायक बिष्णु खत्रीलाई जापान नेपाली कलाकार मञ्चद्वारा सम्मानति भएका छन् । खत्रीलाई यहि जनवरी ९ तारिकका दिन जापान ओसाकाको जिग्री दोहोरी साँझमा एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।

उक्त कार्यक्रम जापानको ओसाकामा कार्यरत रहेका कलाकार दुर्गेश कार्की, दिनेश केसी, दिपक केसी र दुर्गा मरासिनीको पहलमा गरिएको कलाकार दुर्गेश कार्कीले बताए । खत्री अँग्रेजी नयाँ बर्ष २०१९ को नयाँ बर्षको सांगितिक कार्यक्रमको लागि नेपालबाट जापान आएको सो अवसरमा सम्मान गरिएको थियोे । उक्त कार्यक्रम आयोजना गरि आफु सम्मानित हुन पाउँदा निकै हर्षित र उत्साह भएको गायक खत्रीले बताउँदै आयोजक टिमलाई बिशेष धन्यवाद दिए । कार्यक्रम कलाकार दिनेश केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here