लोकतन्त्र मेला आयोजना हुने

0
102
काठमाडौं । संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा लोकतन्त्र मेला आयोजना हुने भएको छ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा यही असोज ४ गतेदेखि ६ गतेसम्म विश्वसम्पदा सूचीको ऐतिहासिक हनुमान ढोका दरबारको नासल चोकमा मेला आयोजना हुनेछ । “समावेशी लोकतन्त्र : समृद्ध नेपाल’ भन्ने मूल नारासाथ पहिलो पटक हुने सो मेलाले बहुदलीय संस्कृतिको विकास र समावेशी लोकतन्त्रलाई थप प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।
मेलामा डेनमार्क, बेलायत, केन्या, भारत, पाकिस्तानलगायतका देशका सांसदले भाग लिने छन् । मेलाबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले मेलामा राजनीतिक दलहरुका प्रदर्शनी, संविधान विशेष कक्ष, विविध संस्कृतिका कला तथा खाद्य प्रदर्शनीसमेत रहने जानकारी दिए । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संयुक्तरुपमा मेलाका उद्घाटन गर्नुहुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here