लेखहरू संरक्षणको प्रयासमा कृष्णसार पुनस्र्थापना

0
424

– अनिल प्रसाई

पृथ्वीमा जिवजन्तुको अस्तित्वका बारेमा उत्पत्ति कालदेखि आजसम्म नै खोजीको विषय हो । यहाँ रहेको भौगोलिक वनावट, हावापानीको विषमताका कारण विभिन्न देशहरुमा, विभिन्न ठाउँहरुमा आ–आरुनै मौलिक प्रकारका प्राणी एवं वनस्पतीहरु पाईन्छन् । यिनै वनस्पतीहरुको उत्पादन, प्राणीहरुको अवस्था र मानवीय संस्कार र पद्धतिले पर्यावरणीय चक्र चलिरहेको छ । खुल्ला अस्तित्वको साथ मानवीय इच्छा परिपूर्ति गर्ने स्वभाव मानिसमा हुन्छ । यी असीमित इच्छा र आकाङ्क्षा स्वतन्त्र रूपमा पुरा हुन दिने हो भने प्राकृतिक सन्तुलनमा नै व्यापक अदलबदल हुन्छ, जसको उदाहरण औद्योगिक क्रान्तिपछि युरोपमा भएको वन–जङ्गल सकिनु । यसका बहुआयामिक विषयहरुको वैज्ञानिक अध्ययन पश्चात् मानिसहरुले पर्यावरणीय सन्तुलनका विषयहरु उठाउन थाले । पश्चिमा जगत ब्रिटेन, अमेरिका आदि देशबाट कानुनी रूपमा संरक्षित रूपमा संरक्षित क्षेत्र निर्माण गरेर मात्र जैविक विविधताको संरक्षण गर्न सकिन्छ भन्ने निष्कर्ष सहित वन्यजन्तु, वन, जङ्गल जोगाउने विधिको रूपमा विश्वव्यापी रूपमा यसको विस्तार भयो । उन्निसौँ शताब्दीमा पश्चिमा देशहरुबाट सुरु भएको यो काम हाम्रो देशमा १९७३ मा सगरमाथा र चितवन राष्ट्रिय निकुञ्ज स्थापनासँगै सुरु भयो ।
नेपाल एक जैविक विविधताले सम्पन्न मुलुक हो र यहाँको वातावरण प्रकृति श्रोत–साधन देश विकासको निमित्त अद्वितीय छ । हाम्रो देशमा संरक्षणको प्रयासहरु अन्तर्गत करिब ४० प्रतिशत वन क्षेत्र छ । यस अन्तर्गत २४ प्रतिशत राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रहरु कानुनी रूपमा संरक्षित छन् । हामीसँग रहेका जीवजन्तु वनस्पती संरक्षण हुँदै गएको छ भने अर्कातर्फ पर्यापर्यटन विकास, वातावरण संरक्षणका कामहरु सँगसँगै भइरहेको छ ।
यो आलेखमा चर्चा गर्न खोजिएको नेपालमा प्राकृतिक अवस्थामा एक ठाउँमा मात्र पाइने र वैज्ञानिक प्रयोगद्वारा प्रजनन गराई पहिले लोप भइसकेको ठाउँमा पुनस्थापना गर्न खोजिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र राष्ट्रिय प्रकृति संरक्षण कोष मार्फत् सञ्चालित कृष्णसार पुनस्थापना कार्यक्रमको हो ।
प्रकृतिमा भएका जनावरहरु लोप किन हुन्छन् भन्ने विषयमा वैज्ञानिकहरुले खोजी गरिरहेका छन् । मुख्यतः मानवीय कारण वासस्थानको विनाश, चोरीशिकारी, जनसङ्ख्या वृद्धि, गरिबी जस्ता विषयहरु पर्दछन् भने प्राकृतिक कारण हावापानीमा आएको परिवर्तन पर्यावरणीय सनतुलन बिग्रनु, प्रकोपमा रोग इत्यादि कारणहरु पर्दछन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राखिएका कृष्णसारहरु यहाँका प्राकृतिक वासस्थानमा करिब ५० वर्ष अघिसम्म पाइने स्थानीयहरु बताउँछन् । अत्यधिक चोरीशिकारीको कारणबाट यिनीहरु लोप भएका कारणले संरक्षणको प्रयासस्वरूप राष्ट्रिय प्रकृति संरक्षण कोषले हरियो वन कार्यक्रमको सहयोगमा २०११ बाट सुरु गरिएको हो । यसको पर्यावरणीय महङ्खव आरुनै ठाउँमा छ भने ७ नं. प्रदेशको पर्यटकीय एवं जैविक विविधता यसको उच्च स्थान रहेको छ ।
कृष्णसार मृग नभई एन्टीलोपमा पर्दछ । यसको भालेको दुई वटा भी आकारका सिङ हुन्छ, जुन जीवनभर स्थायी रहन्छने । विश्वका तीन वटा देश नेपाल, भारत र पाकिस्तानमा यिनीहरु प्राकृतिक अवस्थामा पाइन्छन । यिनीहरुका दुई उपप्रजाति हुन्छन् । भारतको आन्ध्र प्रदेशमा यसलाई प्रदेश जनावरको रूपमा राखिएको छ । यससँग हिन्दूहरुको धार्मिक आस्था पनि जोडिएको छ । यिनीहरु इन्दू नदिको मानव सभ्यतामा खानाको रूपमा लिइन्थ्यो । साथै मुगल देशको शासन (सोह«ौँ र उन्निसौँ) शताब्दीमा शिकारको रूपमा करिब १५० को सङ्ख्यामा पाइन्छ भने हिरापुरमा ६५ वटा रहेको छ ।
प्रकृतिका यी सुन्दर प्राणीहरुलाई ७ नं. प्रदेशको गहनाको रूपमा विकास गर्ने निकुञ्ज तथा कोषको भावी योजना रहेको छ । भालेहरु कालो रङ ढाडपट्टि सेतो रङका आकर्षक हुन्छन् । पोथीहरु खैरो रङका सिङ नभएका हुन्छन् । शुक्लाफाँटामा मानव निर्मित विद्युतीय तारबार सहितको खोरमा संरक्षित रूपमा राखिएको छ । नेपाल सरकारले करिब १०० भन्दा बढीको सङ्ख्यामा वृद्धि भएपछि प्राकृतिक वासस्थानमा छोड्ने योजना बनाएको छ । २०२० सम्ममा यो लक्ष्य हासिल गर्ने योजना रहेको छ । नेपालमा गरिएको प्रजाति संरक्षण पुनस्र्थापना कार्यको सफल उदाहरण यसलाई मान्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here