लुसुनको निबन्धमा अर्ध औपनिवेशिक चिनियाँको मनोवैज्ञानिक विश्लेषण : पश्चिमाद्वारा परिभाषित गौरव र अपमान

0
345
– प्रो. वाङ जियापिङ
          सार : यो कार्यपत्र आधुनिक चिनियाँ लेखक लुसुनको निबन्धको आधारमा तयार गरिएको हो । यसले बिसौँ शताब्दीको प्रथम खण्डको बेला पश्चिमले अथ्र्याए जस्तो हुन चाहने त्यति बेला चिनियाँबारे पश्चिमको गलत व्याख्याबारे क्रोधित हुने अर्ध औपनिवेशिक चिनियाँ समाजको जटिल मनोविज्ञानको विश्लेषण गर्ने प्रयत्न गरिएको छ । त्यस कारण चीनबारे पश्चिमको व्याख्या, परिभाषा, शक्ति सम्बन्ध देखाइएको छ ।
             मुख्य शब्दहरु : लुसुनको निबन्ध, पश्चिमा, अर्ध औपनिवेशिक मनोविज्ञान ।
            विश्वमा कुनै मुलुक/राष्ट्रले “अरू राष्ट्रहरु” लाई “अन्य” को रूपमा हेर्छन् वा अवलोकन गर्ने गर्दछन् । साधारणतया कमजोर समूहहरुलाई अवलोकन/हेर्ने गर्दछन् अथवा लक्षित समूहहरुलाई व्याख्या वा अथ्र्याउने गरेको छ । त्यस्ता शब्दहरु अवलोकन, परिभाषा र व्याख्याले सम्पन्न राष्ट्रको शक्तिको प्रदर्शन गर्दछन् । पन्ध्रौं शताब्दीको अन्त्यपछि शक्तिशाली हतियारको आत्मडमा/बलमा पश्चिमा शक्तिले चार सय वर्ष अमेरिका, अफ्रिका र एसियाभरि आफ्नो उपनिवेशको विस्तार गर्ने अभियान चलाए । सभ्यता र बर्बरता/असभ्यता, प्रगति र दुर्गति/पछौटेपन जस्ता द्वैध विपरीतार्थक भाष्य निर्माण गरी एक पटक संसारभरि विश्वव्यापी सत्यको रूपमा प्रयोग गरे । पश्चिमा निर्मित भाष्य प्रणाली अन्तर्गत बेलायती सभ्यहरुसित तुलना गरेर अमेरिका र अफ्रिकाका आदिवासीहरुलाई जङ्गलीको रूपमा प्रस्तुत/व्याख्या गरेर अपमान गरे । प्राचीन मुलकहरु पूर्वीय चीन र भारतलाई पछाडि पारेका थिए । “पूर्वीय अतार्किक, भ्रष्ट, केटाकेटी जस्तो, ‘असामान्य’ तर पश्चिमा तार्किक, चरित्रवान, परिपक्व, “सामान्य” ।१
               औपनिवेशिक र अर्ध औपनिवेशिक समाजमा साम्राज्यवादी सार्वभौमिकता, अर्थ र संस्कृतिको पक्षमा दह्रोसँग समर्थन गर्ने मान्छेहरु थिए भने अर्कातिर, औपनिवेशिकवादीहरुले चासो/वास्ता र चर्चा गरून् भन्ने आशा राख्ने वा त्यस्ता मन पराउने मान्छेहरु थिए । तथ्यस्वरूप कहिलेकाहीं साम्राज्यवादीले चर्चा, प्रशंसा र चित्रित गरेको गर्वको रूपमा लिने गर्दथे । अर्ध औपनिवेशिक चीनमा जसले पश्चिमाले चर्चा र ख्याल गर्छन् भन्ने चाहना राख्दथ्यो, तिनीहरुको मनोविज्ञानमा लुुसुनले व्यापक चासो राख्थे । खासगरी सङ्घाई किनारमा (बन्ड अफ सङ्घाई) । लुसुनको ‘चिनियाँ कोर्रा’ (चाइनिज स्कोर्ज) निबन्धमा उनले चिनियाँ कोर्राको सिद्धान्तको प्रकाश पार्दै आधुनिक पश्चिममा रहेका पहेलो जातिप्रतिको डर, त्यसले बेलायतमा ल्याउन सक्ने सङ्कट, यद्यपि गोरा जातिले एक पटक “सुतिरहेको सिंह” बेलायतको मालिक बन्छ भनेर गरेका बदख्वाइा सुनेर चिनियाँहरु खुशी हुन्थे”२ । लुसुनले भविष्यको महिमा (द ग्लोरी अफ द फ्युचर) निबन्धमा चिनियाँहरुको पश्चिमा मूलधारको कला र साहित्यमा चर्चा होउन् भन्ने सुस्त मनस्थितिको विश्लेषण गरे । उनले लेखे– “हामी त्यसरी चित्रित हुने, परिभाषित हुने विषयमा सचेत हुनु पर्दछ, जुन भविष्यमा रोचक कथा मान्ने छ ।” तर “चिनियाँहरु त्यस्ता लेखकका कृतिहरुमा तथाकथित ‘जङ्गली’ असभ्य’ चित्रित हुन बाध्य छन् ।”३
पश्चिममा भाष्यमा चिनियाँहरुले महिमा मात्रै पाएनन् । तर अपमान पनि पाए (जस्तै कि असभ्य ‘जङ्गली’ को सङ्ज्ञा पाए), त्यस्तो एक पटक अपमानित महशुस गरेपछि उनीहरुले त्यसप्रति विरोध र गुनासो गर्नु पर्छ । जर्मनी चिनियाँ अध्येता वुल्फगङले सोच्छन्– कहिलेकाहीँ पढिदै गर्दा जनताले त्यस्तो “कृपया मलाई त्यसरी बुझ्नुस्, जसरी म आफूलाई बुझ्दछु” अनुरोधको प्रस्ताव गर्न सक्दछन् । वुल्फगङ कुबिनले प्रशिद्ध इटालियन निर्देशक पिसेलाङगेलो एन्टोनिओनीको चिनियाँ सांस्कृतिक क्रान्तिताकाको अनुभव उल्लेख गरे । त्यतिबेला एन्टोनिओनी ‘चीन’ शीर्षकको एउटा वृत्तचित्र बनाउन चीन आएका थिए । उनका कृति ट्रयाक्टरमाथि नभएर गधामा बढी केन्द्रित भयो भनेर चिनियाँ अधिकारीहरुले आलोचना गरेका थिए, जसलाई उनीहरुले आफ्नो देशको बदनामीका रूपमा लिएका थिए ।४ वास्तवमा त्यस्ता घटना, जबकि लुसुनले त्यस्ता कार्यलाई हलिउड चलचित्रमा चीनको अपमान गरेको बुझ्दथे ।
           १९२९ मा अमेरिकी हलिउड मार्सल आर्टका प्रशिद्ध डगलस फेयरबैङ्कले चीन घुमे । केही चिनियाँले न्यानो स्वागत गरे भने केहीले विरोध गरे । किनभने द थिफ अफ बगदाद चलचित्रमा उनले “मङ्गोलियन राज कुमारलाई मृत्युको मुखमा धकेलेर चीनको अपमान गरे”,  जहाँ उनले नायकको भूमिका निभाएका थिए । सो चलचित्र अरेबियन नाइटसमा आधारित थियो । लुसुनले आफ्नो निबन्ध आधुनिक चलचित्र र सम्पन्न वर्ग विशेषता (मोडर्न मुभिज एन्ड प्रोपर्टिफाइड क्लास रिमाक्र्स) मा अनुवादको तर्फबाट सङ्घाई चलचित्र सङ्घले फेयरबैङ्कलाई लेखेको पत्रको उल्लेख गरे । त्यसमा भनिएको थियो– “चलचित्रमा तिमीले खेले जस्तो चिनियाँहरु त्यस्तो खराब छैनन्”, “भरपूर सम्मान सहित हामी र हाम्रा समर्थकहरु गम्भीर आपत्ति जनाउँदै हाम्रो देशमा यहाँका देशवासीले संस्कार र सद्गुणलाई ठुलो सम्मान महत्त्व दिन्छन्, जसरी तिम्रो देशमा गर्दछन् । किनभने हामी ४००० वर्षदेखि हाम्रा परम्परागत संस्कृति र इतिहासमा हुर्केका छाौ”, “इमान्दारीपूर्वक हामी आशा गर्दछौँ कि तिम्रो पूर्वको भ्रमणपछि वास्तविक चीनको परिचय आफ्ना साथीभाइ र सारा विश्वलाई दिन सक्नु हुन्छ” ।
              यसरी लुसुनले सङ्घाइलाई प्रतिनिधिमूलक मानेर अर्ध औपनिवेशिक संस्कृतिमा रहेका मानिसको मनोविज्ञानको विश्लेषण गरे । “यो ठ्याक्कै प्राचीन उत्पीडित चीनका जनताको चिन्तन हो, खासगरी विपन्न क्षेत्रकाले शक्तिलाई पुकारेर उनीहरु आफैलाई कमजोर ठान्दथे । त्यसै कारण अरूलाई आफ्ना देशका बारेमा प्रचार गराएर बाहिरी दुनियाँमा गर्ने याचना गर्दथे, जुन एक प्रकारको चाप्लुसीको सन्हेहरहित छैन । जबकि उनीहरु ४,००० वर्षदेखि आफ्नो इतिहास र सांस्कृतिक विरासतप्रति गौरव गर्दछन् । फेरि अरूलाई आफ्ना प्रचारका लागि याचना गर्दछन् । चाकडीमिश्रित गौरवको विशेषताले प्राचीन चीनमा मानिसहरुको पतन हुँदै गरेका चिन्तन देखाउँछ ।”५
१९३६ या अमेरिकी ख्यातिप्राप्त चलचित्र निर्देशक जोसेफ भोन स्टेनवर्गले चीनको भ्रमण गरे । त्यसमा पनि त्यस्तै भयो । उनलाई केहीले स्वागत केहीले विरोध गरे । उनले निर्देशन गरेको चलचित्र सङ्घाई एक्सप्रेसले चीनलाई अपमान गरेको ठानेका थिए । लुसुनको कथन अनुसार उनको निबन्ध “अनुसन्धानको लागि हस्ताक्षर”(साइन अ नोट फर इन्भेस्टिगेसन)–३, जब जोसेफ भोन स्टेनवर्गलाई सङ्घाई एक्सप्रेसबारे पत्रकारले विमानस्थलमा सोधे, अरू धेरैजसो चीन आउने विदेशीहरु भन्दा विपरीत उनले खुलेरै घोषणा गरे कि उनको चलचित्रमा प्रतिबिम्बित घटना ‘सत्य’ हुन् र सबै उनले यात्रामा देखे–सुनेका थिए, “जसले उनीमाथि जीवन्त प्रभाव गरे ।” अझ उनले उदाहरणस्वरूप नाम तोकेरै झोङसान सडक, नान्जिङमा “विदेशी पाहुनालाई खुशी बनाउन झुपडी हटाउने” जे देखे, त्यही चलचित्रमा लिएको बताए ।६ आफूलाई लागेको सोझै प्रस्ट बताउने स्टेनबर्गले “जर्मनी पुर्खाबाट प्राप्त गरेको वंशानुगत खुल्ला स्वभाव” र “सम्मानयोग्य भएको” लुसुनले सोचे ।
            लुसुनले त्यस घटनाले चिनियाँ जनताको राष्ट्रिय आत्मघातको प्रतिबिम्बित गरेको सम्झे । उनले यस्तो तुलना गरे कि अरू मान्छे यति मुर्ख होउन् कि शरीर फुल्ने रोगीलाई (एडेमा) मोटाएको (अबेसिटी) सोचुन् । फलस्वरूप उनमा त्यो भ्रम यति लामोसम्म रह्यो कि ऊ आफै शरीर फुलेको रोगको सट्टामा मोटाएको, यद्यपि शरीर फुल्ने रोग (एडेमा) भए पनि आफ्नो “राम्रो” अरूको भन्दा फरक सोचे । यदि कसैले उसलाई सत्य बताई दिए “ऊ निरुत्साहित, लज्जित हुने गरी झर्किन्थे” । बिरामीले मान्छेलाई भन्थे– यो मोटाउने (अबेसिटी) ठानेर राम्रा पक्षहरु पत्ता लगाएर मष्तिष्कमा उसको विचार परिवर्तन गर्नु अगावै उसलाई होशियारपूर्वक हेरी दिऊन् ।” “यसरी उनले आराम पाए, खुसीसाथ शरीर फुल्ने रोगसित बााचे” ।७
                 १९२५ सुरुवातमा लुसुनले आफ्नो निबन्ध जोटिङ अन्डर ल्याम्पराइटमा चिनियाँहरुमा पश्चिमलाई सिकी रहेको गलत भ्रम थियो तर व्यङ्ग्यात्मक रूपमा उनले उनीहरु विश्व प्रतिस्पर्धामा पराजित भएकोप्रति आलोचना गरे । जापानी लेखक सुरुमी युसुकोले लेखेको बेइजिङको आकर्षण (द चार्म अफ बेइजिङ) निबन्धबाट लुसुनले सुरु गरे, जुन उनले अरूबाट गरेका थिए । निबन्धले चिनियाँ सभ्यतामा मौलिक आकर्षण, मङ्गोल र मञ्चु इतिहासमा यति मात्रामा घुलमिल रहेको दृष्टिकोणबाट चर्चा गरे । यतिसम्म कि आधुनिक पश्चिमाले समेत त्यस आकर्षणप्रति ठुलो प्रशंसा भाव व्यक्त गर्दथे । वास्तवमा चिनियाँहरुले “टेबलमा स्वादिलो भोज, सम्पत्ति सहित र सुन्दरता राखेर विजेताहरुलाई समर्पित गरी दिए” लुसुनले भने । पश्चिमाहरुले भोजसित आनन्द गरेको यो प्रमाणिक थियो, “उनीहरुले अवश्य परम्परागत चिनियाँ संस्कृतिको प्रशंसा गरे ।” चिनियाँ “देशभक्तहरु” यसरी “अति खुशी भए” । विदेशीहरुलाई आफूमा समाहित गरेको गलत बुझाइ उनीहरुमा थियो ।८ अप्ठ्यारो समयमा जब मुलुक बाँच्न कठिन भयो, उनीहरु मानसिक रूपमा कमजोर हुन थाले । विदेशीहरुद्वारा गरिएको सामान्य प्रशंसा नै राहत र खुशी महशुस भयो । लुसुनको अद्वितीय अन्तरदृष्टिमा पर्दैन, पश्चिमा सृजित शक्ति सम्बन्ध निहित चीनबारे भाष्यहरुमा थियो, साम्राज्यवादीले कमजोर समूहलाई शिकार बनाए । उनीहरु स्वादिलो भोजन ग्रहण गरेर खुशी हुन्थे भने कमजोर शक्तिशालीको शिकार भएर साम्राज्यवादीहरुले प्रशंशा गरेकामा उत्पीडितहरु खुशी हुन्थे । त्यस कारण पश्चिमाको चीनबारेको वर्णनमा लुसुनले एउटा अतार्किक तर सोच्न बाध्य बनाउने प्रस्ताव राखे । “म प्राय: सोच्छु– चिनियाँप्रति घृणा गर्नेलाई विश्वासिलो कृतज्ञता अपर्ण गर्न चाहन्छु । किनभने ती साँझका भोजनहरु साच्चै नै हामीलाई खाना इच्छुक थिएनन्” ।९
              लुसुनले पश्चिमा पुरस्कार नोबेलका लागि मनोनित हुने कुरालाई अस्वीकार गरे । उदाहरणस्वरूप चिनियाँ जनताको कमजोरी महशुस गरी त्यसको भ्रममाथि आत्मिक विजय हासिल गर्न त्यो प्रस्तावलाई मानेन । १९२७ मा प्रसिद्ध स्विडिस अन्वेषक स्भेन अन्डेस हेडिनले चीनको भ्रमण गरे । उनले एक पटक चिनियाँ भाषाविद र लेखक लिउ बान नोङसित लुसुनलाई स्विडिस प्रज्ञा विज्ञान (स्विडिस एकेडेमी अफ साइन्स) नोबेल पुरस्कारका लागि मनोनित गर्ने कुरा गरेका थिए । त्यसैले लिउ बान नाङले अध्यक्षता गर्ने साहित्य समीक्षक आयोगको तर्फबाट ताई जिङ नोङले लुसुनलाई सोधेका थिए । सर्वसाधारण जनताको अपेक्षा विपरीत बाहिर लुसुनले सो प्रस्ताव अस्वीकार गरे । लुसुनले १९२७ सेप्टेम्बर २५ मा ताई जिङ नोङलाई एउटा पत्र लेखे । त्यसमा उनले आफू र लियाङ की चाऊ सहित अरू चिनियाँहरु नोबेल पुरस्कारका लािग योग्य नभएको बताए । उनले पहोलो छाला भएको चिनियाँका लागि “स्तरीयतालाई मर्यादा बाहिर गएर तल ल्याउन” “हामीमध्ये कसैलाई मनोनयन नगर्न स्विडेनलाई सल्लाह हुन सक्छ” भन्ने आशा राखे । यसले “अरू देशका ठुला लेखक झैँ हामी पनि राम्रा रहेछौँ भन्ने हामीलाई आत्मघाती र अहङ्कारी बनाउने छ, जसले खराब परणिाम ल्याउने छ ।”१० लुसुनको समयमा चीन आफ्ना आन्तरिक दु:ख र वैदेशिक आक्रमणले पीडित थियो । लुसुन के मा चिन्तित थिए भने एक पटक चिनियाँ लेखकलाई नोबेल पुरस्कार दिए भने स्वाभाविक रूपमा आफ्ना सभ्यताको महानताको तर्क गर्ने र त्यसैमा मख्ख परेर बस्ने छ । प्राय: सबै लेखकले संसारको सबैभन्दा उच्च साहित्यिक पुरस्कार पाउने सपना देख्छ तर उनले अस्वीकार गरे मात्र, किनभने उनले चीनको थपिदै गएको दु:ख गहिरो ढङ्गले अनुभूत गरे । उनको जनताको मानसिकतामाथि विजयको स्वैरकल्पना थियो ।
                विदेशीको प्रशंसा र सम्मानको जवाफमा जब चिनियाँ जनताको गौरव र स्वाभिमानको कुरा आउँथ्यो, लुसुनले एक चिन्तकको रूपमा सहकर्मी साथीहरुलाई माथिका कुरा बताउाथे । त्यत्ति नै बेला लुसुनले पश्चिमा पर्यटक र चिनियाँ विज्ञबारे गहिरो विश्लेषण र आलोचना पनि गर्थे ।
                 भविष्यको महिमा (द ग्लोरी अफ द फ्युचर) मा लुुसुनले मौरिस डेकोब्राप्रति कडा अस्वीकृति जनाए । उनी फ्रान्सेली लेखक, जसले चीन भ्रमणको क्रममा १९३३ मा पूर्वीय व्यवहार र यौनिक मामिलामा “चर्चजन्य” र “यौनजन्य” नियतले शिकार गर्ने प्रयन्न गरे । लुुुसुनले डेकोब्राको नियतमा आधारित भएर पश्चिमा कलाकारले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका मानिसप्रति अस्वस्थ प्रवृत्ति देखाएको निष्कर्ष निकाले । उनीहरुले सधैँ आफ्ना दर्शक, पाठकहरुलाई सन्तुष्ट बनाउन “चर्च” र “यौन” मा ठुलो चासो राखे ।११ लुसुनले डिसेम्बर २८, १९३३ मा वाङ झीलाई लेखेको पत्रमा डेकोब्रा “धुर्त र बेइमान” (स्लिक एन्ड क्रुक्ड), “फ्रान्सेली हाास र पुतली विद्यालय” (फ्रेन्च डक एन्ड बटरफ्लाई स्कुल) का सदस्यको रूपमा पुनर्विचार गरे । पश्चिमाले अफ्रिका, दक्षिण अमेरिका र दक्षिण–पूर्वी एसियाका मान्छेप्रति जस्तो हेर्थे, त्यस्तै उनी चिनियाँलाई हेर्न आए । “आफ्ना किताब बेचेर पैसा कमाउन”, “जुन जङ्गली असभ्य मान्छेबाट उत्पत्ति हुन्थे” ।१२
                   लुुसुनले जोटिङ अन्डर ल्याम्पलाइट निबन्धमा पश्चिमाहरुको पूर्वप्रतिको धारणा र मनोविज्ञानको विस्तृत विश्लेषण गरे । उनले ती पश्चिमाहरु “विश्वका फरक फरक ठाउँहरुमा भिन्नभिन्न मानिसहरु हुन्, जो एकदमै मिल्लाजुल्दा छैनन् । त्यसले नै आफ्ना यात्रामा मनोरञ्जन र उत्सुकता थप्ने आशा राख्छन् । उनीहरुले चीनमा कपाल तीनतिर रिबनले मुज्जा मुज्जा गरेको, जापानमा खरायोको जुत्ता (काठको सोल) भएको, कोग्योमा बाँसको टोपी लगाएका मान्छेहरु देख्न सक्छन् । यदि जहींतहींका मानिसहरुले एउटै प्रकारको लत्ताकपडा भेषभुषा लगाउने हो भने यो संसार दिक्कलाग्दो हुने थियो । त्यसैले एसियामा बेलायतीकरणको विरोध गर्दछन् ।१३
                      लुसुनले संस्कृति र भूगोलको दृष्टिकोणबाट पूर्वीय र पश्चिमी सभ्यताको शक्ति सम्बन्धमाथि प्रकाश पारे । पश्चिमी सभ्यताले आफूलाई आधुनिकीकरणको (बेलायतीकरण) को प्रभुत्वशाली विन्दुमा राखे, जहाँबाट पूर्वीय पूर्व आधुनिक समाजको संस्कार र संस्कृतिलाई माथिबाट हेर्ने, निरीक्षण गर्ने, उनीहरुले आफूलाई निरीक्षक (विषय) र पूर्वीय सभ्यतालाई निरीक्षित (वस्तु) को रूपमा विश्व आधुनिक संस्कृति हेर्ने, लिने, आफ्नै संस्कृतिलाई ठुलो मानेर आनन्द मान्ने जुन उपनिवेशवादी विशेषता थिए । आधा शताब्दीभन्दा बढी पछि एडवार्ड डब्लु सइदले पश्चिमाको सांस्कृतिक कौतुहलताको व्याख्या गरे । “असभ्य व्यवहारले असीमित अनौठोपनको तलाउ बनाएदेखि प्राय: बेलायती चेतनाले पूर्वको भ्रमण गर्छ । उनीहरु एउटा निरीक्षक, कहिल्यै असम्मिलित, सधैँ टाढा, सधैँ नयाँ उदाहरणका लागि डिस्क्रिप्सन दे इजिप्टले भने जस्तै ‘अनौठो आनन्द’ पूर्व–पश्चिमाका लागि एउटा ज्युँदो अद्भुत दृष्य क्षेत्र बन्न जान्छ ।”१४
            लुसुनले चिनियाँहरुको पश्चिमाले तारिफ गरोस् भन्ने चाहना, उनीहरुको गुलामी प्रवृत्ति, स्वाभिमान र गौरव पश्चिमाद्वारा चीनका बारेमा इङ्गित गरेका टिका–टिप्पणीहरु, जसले अर्ध औपनिवेशिक देशका जनतालाई होच्याउनेको मात्रै आलोचना गरेन, तर उनले शक्ति सम्बन्ध, पाश्चात्यद्वारा परिभाषित र निर्देशित औपनिवेशिकवादी मनेविज्ञानको समेत व्याख्या गरे ।
                  चिनियाँ लेखकका रूपमा लुसुनले चीन र पश्चिमाको सांस्कृतिक आदानप्रदानको परिवेशको व्यक्तिगत अनुभव बिसौँ शताब्दीको सुरुवातमा गरे । उनले आफ्नो स्वतन्त्र छवि प्रतिरोध र आलोचना गरेर एउटा बौद्धिक व्यक्तित्वका रूपमा देखाए ।
नोट :
१. एडवर्ड डब्लू. सइद, ओरियन्टालिज्म, भिन्टेज बुक्स, अ डिभिजन अफ रेन्डम हाउस, न्यूयोर्क : १९७९, पृ. ४० ।
२. लुसुन, सेलेक्टेड वर्क अफ लुसुन, भोल्युम ५, द पिपुल्स लिटरेचर प्रेस, बेइजिङ : २००५, पृ. ३५४ ।
३. लुसुन, सेलेक्टेड वर्क अफ लुसुन, भोल्युम ५, द पिपुल्स लिटरेचर प्रेस, बेइजिङ : २००५, पृ. ४४४ ।
४. वुल्फडङ कुबिन, द इम्पोर्टेड अफ मिस अन्डरस्ट्यान्डिङ… रिकनसाइडर द एक्सेन्ज बिटविन चाइना एन्ड द वेस्ट, “चाइनिज लिटरेचर वेबसाइट, सिनोलोजी कोलम”, स्पोन्सर्ड बाई लिटरेचर इन्स्टिच्युट, चाइनिज एकेदेमी अफ सोसियल साइन्स, सेप्टेम्बर ५, २००७ ।
५. लुसुन, सेलेक्टेड वर्क अफ लुसुन, भोल्युम ४, द पिपुल्स लिटरेचर प्रेस, बेइजिङ : २००५, पृ. ४२१–२२ ।
६. लुसुन, सेलेक्टेड वर्क अफ लुसुन, भोल्युम ६, द पिपुल्स लिटरेचर प्रेस, बेइजिङ : २००५, पृ. ६४५ ।
७. लुसुन, सेलेक्टेड वर्क अफ लुसुन, भोल्युम ६, द पिपुल्स लिटरेचर प्रेस, बेइजिङ : २००५, पृ. ६४८–४९ ।
८. लुसुन, सेलेक्टेड वर्क अफ लुसुन, भोल्युम १, द पिपुल्स लिटरेचर प्रेस, बेइजिङ : २००५, पृ. २२६–२७ ।
९. लुसुन, सेलेक्टेड वर्क अफ लुसुन, भोल्युम १, द पिपुल्स लिटरेचर प्रेस, बेइजिङ : २००५, पृ. २२६ ।
१०. लुसुन, सेलेक्टेड वर्क अफ लुसुन, भोल्युम ७, द पिपुल्स लिटरेचर प्रेस, बेइजिङ : २००५, पृ. ७३–७४ ।
११. लुसुन, सेलेक्टेड वर्क अफ लुसुन, भोल्युम ५, द पिपुल्स लिटरेचर प्रेस, बेइजिङ : २००५, पृ. ४४३ ।
१२. लुसुन, सेलेक्टेड वर्क अफ लुसुन, भोल्युम ७, द पिपुल्स लिटरेचर प्रेस, बेइजिङ : २००५, पृ. ५३५ ।
१३. लुसुन, सेलेक्टेड वर्क अफ लुसुन, भोल्युम १, द पिपुल्स लिटरेचर प्रेस, बेइजिङ : २००५, पृ. २२८ ।
१४. एडवर्ड डब्लू. सइद, ओरियन्टालिज्म, भिन्टेज बुक्स, अ डिभिजन अफ रेन्डम हाउस, न्यूयोर्क : १९७९, पृ. १०३ ।
(अङ्ग्रेजीबाट अनुवाद निष्णु थिङ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here