लुधियानामा प्रगतिशील तीजि कार्यक्रम सम्पन्न

0
520

लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना सिटी तथा लुधियाना फोकलपाइन्ट महिला विभागको संयुक्त आयोजनामा प्रगतिशील तीजि कार्यक्रम भव्य र सानदार रुपमा सम्पन्न गरिएको छ ।

कार्यक्रम दिपा चंदको सञ्चालन तथा विमला अधिकारीको अध्यक्षताबाट अगाडि बढेको थियो । विभिन्न अतिथिहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनट मौनधारण पश्चात वसन्ती रिजालले स्वागत मन्तव्य दिनुभएको थियो ।

केन्द्रीय उपाध्यक्ष हिरासिह चंदले करतार ध्वनीमा मोमबत्ती वालेर तीजि कार्यक्रमको उद्घाटन गर्नुभयको थियो । केन्द्रीय परिषद् सदस्य दोर्ण पोख्रेल, क्षेत्रीय सदस्य जनक रिजाल, मूल प्रवाह फोकलपाइन्ट अध्यक्ष राज कुमार अधिकारी, समाता विभागका गोविन्द परियार, रक्तिमका हिक्मत परियार र मूल प्रवाहका पशुपति पोख्रेल लगायतले तीजको शुभकामना दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here