लुटको स्वर्गमा धावा बोल

0
302

दीपक पाण्डे

सपना स्वतन्त्र विपना नियन्त्र नेपाल हाम्रो देशमा
लोक लखेट्ने खेल चल्यो हेर थरि-थरिका भेषमा
कसैका आँशु झरे बलेनी कोही बार्दली हाँस्दछ
कोही जीवनको खोजीमा हिंड्छ कसैले जीवन मार्दछ

कन्या कृषि काममा लागे किशोर किन्नर देशमा
मृतक लाने मलामी छैन पोलिए बारी-खेतमा
देशका खम्बा कठै काटिए बिना कसुर इराकमा
मूल्य जीवनको छैन वशन्ती बिके कौडीको मूल्यमा

रातलाई दिन, शनीलाई सूर्य भनेर ढाँट्ने राज छ
देशको मासु लुछेर खाने तिनको गिद्धे काज छ
मुर्कट्टाको शासनमा मन्त्री भूत सन्तरी मसान छन्
पीरमा तीर चलाई अश्वमेघ यात्रा गर्दछन्

मनको आगो निभाई मनमा हुदैन भलो यो देशमा
आँखालाई अंगार हातलाई औजार खुट्टालाई डोजर बनाउन
नेपाली युवा-युवती भाग्य भरोसा गर्न छाडिदेऊ
देला र खाउँला, बोलाउला-आउँला आस त्यो पनि छाडिदेऊ

लुटको स्वर्गमा बोलेर धावा जीतको झण्डा गाडिदेऊ
युगौं-युगको सामन्ती बन्धन नबाँध अब काटिदेऊ
युद्धको खेल रगतको भेल सहेर कति बाँच्ने ?
जितेमा संसार हारेमा साथी छैन केही साँचने !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here