लाखौ एकताकाहातहरु

0
356

लाखौ एकताका हातहरु जुटाउनु छ आज
सयौथुङ्गा फुलहरु फुलानु छ आज
कुसंस्कार कुरिति अन्धकार चिर्दै
न्याएको दियो जलाउनु छ आज!

आफ्नै माटोमा पसिना बगाउनु छ आज
न्याएको निम्ति अस्त्र समाउनु छ आज
अर्कैको अधिकार जमिन किन बाजो
मज्दुरहरुले धानका बाला झुलाउनु छ आज!!

झुपडि बिनाका बस्तिपनि जगाउनु छ आज
जुट्दै मज्दुर बस्ति शोषक भगाउनु छ आज
कोहिका महल मान्छे बिनाका खालि
बासै न पाउनेलाइ ओत दिलाउनु छ आज !!

लाखौ एकताका हातहरु जुटाउनु छ आज
बिस्तारबादि साम्राज्यबादि टुटाउनु छ आज
सिपमुलक बेरोजगार मज्दुरहरुलाइ
देसैमा रोजगारको मुल फुटाउनु छ आज !!

झबिलाल खनाल (दिल्ली)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here