रोपडमा प्रशिक्षण कार्यक्रम सम्पन्न

0
335

रोपड, २ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत रोपड नगर समितिले एकदिवसीय प्रशिक्षण शिविर सम्पन्न गरेको छ ।

मनिराम सापकोटाको अध्यक्षतामा तथा विष्णु गुरुङको सञ्चालनमा सम्पन्न प्रशिक्षण शिविरमा विभिन्न अतिथीहरु मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कपिल खनाल, क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, क्षेत्रीय सदस्य छविलाल सापकोटा, शिवलाल लामिछाने, वैकल्पिक सदस्य खगी थापा, महिला क्षेत्रीय विभागकी अध्यक्ष सिता सापकोटा, सदस्य मञ्जु थापा र लक्ष्मी गुरुङ, जनजाति विभागका विलबहादुर गुरुड लगाएतको अतिथी आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरु प्रती १ मिनट मौनधारण पश्चात लालबहादुर थापा द्वारा स्वागत गरियो ।

प्रमुख अतिथि कपिल खनालले राष्ट्रिय परिस्थिति, विश्व दृष्टिकोण तथा धर्म बारे प्रेम सापकोटाले संगठनात्मक पद्धति र अन्य संगठनहरु बारे, शिवलाल लामिछानेले अनुशासन बारे र विल बहादुर गुरुङले मानव समाजको विकास र वर्तमान अवश्थाको बारे तथा मनकाजी गुरुङले साँस्कृतिक क्रान्ति र वर्ततमान परिवेश विषयमा प्रशिक्षण क्लास दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here