रोपडमा प्रशिक्षण कार्यक्रम सम्पन्न

0
143

रोपड, १६ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सञ्चलन विष्णु गुरुङले र अध्यक्षता मणिराम सापकोटा गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि कार्यक्रम अगाडि बढेको थियो ।

प्रशिक्षण कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल र केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले देशको तात्कालिक राजनीतिक परिस्थिति, भारतस्थित नेपालीहरुको अवस्था र संगठनको महत्व बारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा व्यापक कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा क्षेत्रीय सदस्य छविलाल सापकोटा, शिवलाल लामिछाने,महिला क्षेत्रीय अध्यक्ष सिता सापकोटा, सदस्य मन्जु थापा र, लक्ष्मी गुरुङ महिला विभागबाट खगी थापा, जनजाति विभागका विलबहादुर गुरुड, राजमो गैडाकोटकि लक्ष्मी सापकोटा लगायतले सहभागिता जनाउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here