रोटरीमा शुभकामना साटा साट

0
173

कपिलवस्तु, असौज २७ । अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनले बिजय दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा ११६औं नियमित बैठक क्लबका अध्यक्ष रोटरीयन बासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न गरेको छ ।

यस क्षेत्रमा रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनले विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आइरहेको छ । साथै बेलाबेलामा रोटरीयन र रोटरीयनका परिवारहरु बिच बिभिन्न खाले अन्तरकृया, भेटघाट, सामुहिक डिनर तथा फेलोसिप कार्यक्रम पनि गर्दै आएको छ । यी कार्यहरुले एक आपसमा आत्मीयता झन बढ्ने र एक आपसमा पारिवारिक अनुभुति हुने बिश्वास क्लबको छ ।

होराइजन मा.बि.को सभा हलमा सम्पन्न कार्यक्रम क्लबका अफिसरहरु, रोटरीयन, स्पाउस र किड्सहरुको उपस्थिति रहेको कार्यक्रममा विभिन्न खाले गित संगीत, कबिता र नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । प्रेसिडेन्ट रो.बासुदेव घिमिरेको अध्यक्षता, भाइस प्रेसिडेन्ट सेकेन्ड रो.माधव भाट क्षेत्रीको स्वागत मन्तव्य र सचिव बिस्नु प्रसाद अर्यालको सञ्चालन एवं सचेतक शुष्मा खाण र क्लब मेन्टर बिस्नुमाया श्रेष्ठको विशेष कृयासिलतामा सम्पन्न कार्यक्रममा ज्वाइन्ट ट्रेजर रो.अन्जु अधिकारीले धन्यवाद मन्तव्य राख्नु भयको थियो ।

साथै उप सचेतक रो.कमला कडेलले टोस्ट प्रपोजल पारित गर्नुभएको थियो ।

(माधव भाट क्षेत्री)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here