रेम, पैसा र बुढीआमा

0
207

-अशोक अधिकारी

‘जाने क्यू लोक दोस्तको भूल जाते हे,

सायद लोक सचही केहे ती हे सागर मिल्ने पर लोक बारिस भूल जाते हे । खाली तिम्रो यादले सताउँछ, आई डन्ट नो, हृयाई ?’ गएको बुधबार मैले धेरैपछि आफ्नो दैनिकी लेख्ने डायरी पल्टाए । दिनभरको पारिवारिक तनावलाई डायरीमा पोख्नु पर्यो भनेर डायरी खोलेको मेरो आँखा सबैभन्दा पहिलेमाथि प्रस्तुत एसएमएसमा पुग्यो । ३१ डिसेम्बर २००९ मा मेरो मोवाइलमा आएको यो एसएमएस मैले त्यसैदिन डायरीमा टिपेको थिएँ । यो एसएमएस मेरो एक विशेष मित्रले पठाएको थियो । उनको नाम हो, निशा । कुनै समय स्कूलमा पढ्दा चिनेकी उनी आज डायरीका पाना र सम्झनामा सीमित मात्र छैन् उनका कर्म पथमा लागेका ठक्करले बेला-बेला झस्काउछ ।

सन् २००४ तिर मावि तहको पढ्दा चिनेकी उनीले पठाएको हो ‘सेकेन्ड लाष्ट’ एसएमएस हो । त्यसको करिब ४ सातापछि अर्थात २४ जनवरी २०१० मा एउटा एसएमएस आएको थियो । लेखिएको थियो – ‘आइ’म एट एयरपोर्ट, आशा छ । तिमीसंग फेरि भेट्न पाउँ टेक इट इजी, टेक केयर बा-बाई ।’ अहिले यो एसएमएस सन्देशले मलाई आम युवाहरुको अवस्था, किशोरमा हुने प्रेम र त्यसको परिणाम सम्झाइरहेको छ । हुन त, मावि तहमा पढ्दा भेटिएको एउटी केटीको बारेमा यहाँ उल्लेख गर्न आवश्यक थिएन । तर, युवाहरुको आवेग र महत्वाकांक्षाले निम्त्याउने समस्याको परिणाम कहिलेकाहीँ तीतो अतीत बन्न पुग्छ, तसर्थ पेश गरेको हो ।

विद्यालयमा खासै बोलचाल थिएन । लजालु पाराकी उनको बोली सुन्न पनि विरलै पाइन्थ्यो । यदाकदा जिस्क्याउँदा बोलाउँदा अनायसै हाम्रो मनोभावना मिल्न पुगेछ । क्रमशः हामीबीच साथीबाट विशिष्ट साथी वा प्रेमीकारुपमा सामीप्यता बढ्दै गयो । पारिवारिक समस्यादेखि व्यक्तिगतसम्मका समस्या आपसमा साटासाट हुन्थे । भेटघाट पनि अलि बाक्लिँदै थियो । साथीहरुले जिस्क्याउनेदेखि भविष्यको योजनासमेत हामीले बुन्ने गथ्र्यौं । जीवन जिउने सवालमा मान्छेलाई हरेक तरहले सहज हुँदैन मित्रता बढेको दुई बर्षसम्म त ठिकै थियो । तर, त्यसपछि उनको आनीबानी, विचार, व्यवहारमा फरक पाउन थालेको थिए । उनको आर्थिक उर्पाजनको महत्वकांक्षा क्रमशः बढ्दै थियो । मैले आर्थिक केही होइन, नैतिकता र आचारण जस्ता कुरालाई मान्छेले वशमा राख्नुपर्छ भन्दा कहिलेकाहीँ लामो समयसम्म तर्क-वितर्क पथ्र्यो । त्यसै क्रममा एसएलसी परीक्षापछि ००६ मा काठमाडौं गएकी उनीको जीवनमा आएको उचारचढाव देखेर म यतिबेला केही बन्न सक्ने अवस्थामा छैन । मान्छेको महत्वकांक्षाले कति दुःख भोग्न पर्छ भन्ने उदाहरण बनेर बसेकी उनलाई गएको हप्ता देखेपछि मैले यो लेख तयार गर्न लागेकी हुँ ।

काठमाडौंको बसाइ र त्यहाँको वातावरणसँग जुध्न जो कसैलाई गाह्रो हुन्छ । मामाघरमा बसेर पढ्ने उनलाई पनि यदाकदा समस्या आउन थालेका थिए । कहिलेकाँही फोनमा कुरा हुँदा धेरैबेरसम्म रुन्थिन् उनी । उनको रुवाइमा गहिरो चोट महसुस हुन्थ्यो, कारण अर्कै रहेछ । मामाघर बसाइका क्रममा आफन्तको करकापले उनले मकवानपुर जिल्लाको धनी परिवारको केटासँग विवाह गरिछन् २००८ को नोभेम्बरमा । तर, धनसम्पति, मोटरसाइकल र गरगहना नदिएको भन्दै सासुले बेस्सरी गाली गर्ने र उनका पतिले पनि कुट्ने गरेको उनका आफन्तले सुनाउँथे । करिब ५-६ महिनापछि उनीहरुको सम्बन्ध धमिलिन थालेको रहेछ । त्यसबीचमा कहिलेकाहीँ फोनमा कुरा हुँदा ‘समस्यामा छु, म फसाइएँ, तनावमा छु’ मात्र भन्थिन् । झापा आएका बेला उनले आमाले दिएको पैसाले राहदानी बनाएर विदेश जाने प्रक्रिया शुरु गरिसकेकी रहिरछिन् । र, कुवेतका लागि उड्ने बेलामा उनले अन्तिम एसएमएस पठाएकी रहिछिन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एसएमएस सन्देश पठाएपछि फेरि उनको त्यो नम्बरमा फोन कहिल्यै लागेन । ‘माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नु भएको फोनको स्वीच अफ गरिएको छ ।’ कहिलेकाहीँ मान्छेका सपना नियतिले भताभुंग पार्दोरहेछ । कुवेतमा त्यसैको शिकार भइन् निशा । उनकी आमालाई कहिलेकाहीँ भेट्दा सोध्थे उनको बारेमा । सबै ठीकै छ, चार महिनाको ६० हजार पठाएकी’थि, ऋण तिरौं’ । भन्ने जवाफ पाएको थिएँ । तर, कुवेत बसाईको छैठौ महिना उनका लागि जीवनमै ठूलो अत्यास र विस्मतको महिना बन्न पुगेछ । उनी काम गर्न कारखानामा विद्युत सट भएर दुर्घटना हुँदा भाग्ने क्रममा इलिभेटरमा च्यापिँदा उनीलगायत ३५ जना नेपाली कामदार गम्भीर घाइते भएछन् ।

कुवेतको मुवारक अलकवीर प्रान्तको ग्रामीण क्षेत्रमा रहेको तयारी पोशाक उत्पादन गर्ने कारखानाले उनलाई जीवनमै नमेटिने चोट दिएछ । अर्धचेत अवस्थामा रहेकी उनले आमासंग भनिन रे ‘दशतलाबाट मुनि आउन इलिभेटर चढेका थियौं, होस आउँदा हस्पितलमा थिएँ, तर मेरो हात-खुट्टा काम गर्ने अवस्थामा थिएनन् ।’अहिले उनीसंग पहिलेका जस्ता सपना छैनन् । तिर्सना छैनन् । विहान बेलुका आमाले खुवाइदिएको खाना खाएर ओछ्यानमा लडिरहेकी छिन्, शरीर उठ्दैन । टाउको जता फर्कायो, त्यतै रहन्छ । जसोतसो आमाले उपचार खर्च जुटाइरहनुभएको रहेछ । तर, अब छोरीको आश कुनै दिशाबाट पनि ती आमालाई छैन । उहाँ यति मात्र भन्नुहुन्छ -’हेरौं कहिलेसम्म हो, सुन्दर जीवन सुतेरै बिताउने भइ, खै अब कहिलेसम्म हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here