रेगम मसाल आबद्ध होइनन् : मसाल

0
657

काठमाडौं । न्यूज २४ समाचार च्यानलले प्युठान, झिम्रुक–२ बाादीकोटका रेगम बहादुर खत्रीलाई नेकपा (मसाल) मा आबद्ध भनी सामग्री प्रस्तुत गरेकोमा पार्टीले भनेको छ– ‘रेगम मसाल समर्थक होइनन्’ । २०७५ असोज १ गते पार्टीका केन्द्रीय प्रवक्ता राम प्रकाश पुरीले एक वक्तव्य जारी गर्दै यस्तो स्पष्टीकरण दिनु भएको हो ।

रेगम बहादुर खत्री नेकपा (मसाल) मा आबद्ध नरहेको तर न्युज २४ समाचार च्यानलले सत्य तथ्य पत्ता नलगाई उनलाई मसालमा आबद्ध भनी प्रस्तुत गर्दा भ्रम उत्पन्न भएको भन्दै वक्तव्यमा अगाडि भनिएको छ– “न्युज २४ टिभीले ‘पावर न्युज’ कार्यक्रममा प्युठान झिम्रुक गाउँपालिका वडा नं. २ बाँदीकोटका रेगम बहादुर खत्रीका सम्बन्धमा विवरण सम्प्रेषण गर्ने क्रममा उनलाई मसालमा आबद्ध व्यक्ति भनिएकोले त्यसबाट सार्वजनिक रूपमा हाम्रो पार्टीप्रति भ्रम सृजना भएकोले स्पष्टताका लागि यो वक्तव्य जारी गरिएको छ ।

रेगम बहादुर खत्री केही वर्ष पहिले हाम्रो पार्टीको साधारण समर्थकका रूपमा रहेका थिए । उनका जनविरोधी गतिविधि र क्रियाकलापका कारण उनलाई सङ्गठनबाट केही वर्ष अगाडि नै निष्कासन गरिसकिएकाले उनी हाम्रो पार्टीमा आबद्ध रहेका छैनन् । त्यसरी नेकपा (मसाल) सँग उनको कुनै सम्बन्ध नरहेको कुरा स्पष्ट छ ।

निजको संलग्नता कुन राजनीतिक सङ्गठनसँग छ ? त्यस सम्बन्धमा सत्य तथ्य विवरण नखोजी सार्वजनिक रूपमा निजको गलत छविलाई जोडेर हाम्रो पार्टीको प्रतिष्ठामा समेत आघात पुग्ने गरी विवरण सम्प्रेषण गरिएको हुनाले आपत्ति प्रकट गर्दै यसो नगर्नका लागि हामी सम्बन्धित पक्षको ध्यान समेत आकर्षित गर्दछौा ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here