रोसनी शाहीको बयान नै महराको सफाइको मुख्य आधार

0
52

काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका पूर्व सभामुख कृष्ण बहादुर महराले सोमबार सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो।

महरालाई सफाइको लागि जिल्ला अदालत काठमाडौंले दुईवटा कारणलाई मुख्यरूपमा औंल्याएको छ। पहिलो- पीडित भनिएकी महिलाले महरा आफ्नो कोठामा नआएको बयान दिएको र महराले पनि महिलाको कोठामा गएको कुरा अस्वीकार गरेकाले महरालाई दोषी करार गर्नुपर्ने आधार नदेखिएको फैसलामा उल्लेख छ ।

दाेस्राे- पीडित भनिएकी महिलाको कोठामा भेटिएका रक्सीका बोतल लगायतका सामग्रीसँग महराको फिंगरप्रिन्ट परीक्षणबाट तुलनात्मक रुपमा नमिलेको फैसलामा उल्लेख छ। सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते साँझ बलात्कार प्रयास गरेको आरोप लागेको थियो। असोज १३ गते उक्त घटना सार्वजनिक भएको थियो। प्रहरीले महरालाई असोज १९ गते पक्राउ गरेको थियो । बलात्कार प्रयासको आरोप लागेपछि महराले गत असोज १४ गते सभामुख पदबाट राजिनामा दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here