रास्ट्रीय जनमोर्चाद्वारा हावाहुरि पीडितलाई राहत हस्तान्तरण

0
480

हरीप्रसाद सापकोटा,
बारा/राष्ट्रिय जनमोर्चा बाराले संकलन गरेको रकम र जापान नेपाली एकता समाजले हुरि पीडितलाई पठाएको समेत गरी जम्मा दुई लाख, उन्चालीस हजार, दस रुपैयाँ पचपन्न जना पीडित लाई हस्तान्तरण गरिएको छ् । स्थलगत रिपोर्ट पछि कलैया ,बिरगंज को विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई भेटी डाक्टर, नर्स तथा जनमोर्चाका कार्यकर्ताको उपस्थितिमा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सचीव हिमलाल पुरीले उक्त रकम पीडितलाई हस्तान्तरण गर्नुभएको हो ।

२०७५ चैत १७ गते साँझ साढे सात बजे अचानक फैलिएको हुरि बतास बाट बारा जिल्ला को दक्षिणी बेल्टमा पर्ने भलुहि, भर्वलिया, पुरैनिया, हर्दिया र कबही गोठ समेतको क्षेत्रको जनजीवन तहसनहस पारेको पारेको छ। तिन दर्जन बढिको मृत्यु र करिब चार सयजना घाइते र हजारौं प्रभावित भएका छन । भौतिक संरचनामा परेको क्षेतिका कारण घरबार बिहिन धेरै छन् ।
नेपालमा पहिलोपटक आएको भनिएको यसप्रकारको हावाहुरी अनौठो प्रकृतिको थियो । जसले ठूलो धनजनको क्षेति पुर्यायो भने हजारौंलाई विचल्ली बनाएर गयो । उक्त विनासकारी प्रकोप चक्रबात (Torendo) भएको मौशमविद्हरूद्वारा प्रमाणित गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here