राष्ट्रिय स्वाधीनताको पक्षमा भएको कार्यगत एकता तोड्नु राष्ट्रहित विरुद्धको कुरा हो

0
549

– रामसिंह श्रीस

प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पारी जनताको जनवादी राज्यसत्ता स्थापना गर्न क्रान्तिकारीहरुबीचको एकता अनिवार्य शर्त हो । क्रान्तिकारीहरुबीचमा एकता नभईकन जनवादी व्यवस्था स्थापना गर्न सकिंदैन । यतिसम्म कि खास अवस्थामा मुख्य दुश्मनलाई हराउन त्यसको विरुद्ध उभिने प्रतिक्रियावादी शक्तिसँग पनि संयुक्त मोर्चा गर्नुपर्ने हुन्छ । दोस्रो महायुद्धको समयमा जब जर्मन फासीवादले सोभियत समाजवादी राज्यसत्तामाथि धावा बोल्यो, त्यसबेला स्टालिनले अमेरिकी र ब्रिटिश साम्राज्यवादसँग मिलेर जर्मन फासीवादलाई परास्त गर्नुभयो । चीनमा जापानी साम्राज्यवादले आक्रमण गरी चीनको थुप्रै भूभाग कब्जा गर्दा क.माओले प्रतिक्रियावादी च्याङ काइ सेकसँग संयुक्त मोर्चा गरेर जापानी साम्राज्यवादलाई परास्त गर्नुभएको थियो । यी घटनाहरुले के प्रष्ट पार्छ भने खासखास अवस्थामा मुख्य दुश्मनलाई हराउन प्रतिक्रियावादीहरुसँग पनि संयुक्त मोर्चा गर्नुपर्ने हुन्छ । प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पारी जनवादी राज्यसत्ता स्थापना गर्न क्रान्तिकारीहरुबीचको एकता अनिवार्य हुन्छ । यदि क्रान्तिकारीहरुले यो कार्यभार पूरा गर्न पहलकदमी नलिने हो भने त्यसले प्रतिक्रियावादी व्यवस्थालाई नै बल पुग्दछ ।

आज नेपालमा राजतन्त्रकोे अन्त्य भए पनि अहिलेको विद्यमान राज्य व्यवस्था प्रतिक्रियावादी राज्य व्यवस्था हो । यो व्यवस्था दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गको राज्य व्यवस्था हो । यो प्रतिक्रियावादी राज्य व्यवस्थालाई ध्वस्त पारी जनताको जनवादी व्यवस्था स्थापना गर्नु आजको मुख्य कार्यभार हो । यसै कुरालाई केन्द्रमा राखेर आ–आफ्ना राजनीतिक लाइनहरु फरक हुँदाहुँदै पनि क्रान्तिकारीहरुको बीचमा एकताको आधार खोज्न, एकताको लागि प्रयास गर्नु नेपाली क्रान्तिकारीहरुको कर्तव्य हो । यसै सन्दर्भमा मिति २०७४ चैत २२ मा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण, नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह र नेकपाका अध्यक्ष ऋषि कट्टेल र नेकपाका प्रवक्ता प्रकाण्डको हस्ताक्षर भएको संयुक्त वक्तव्य प्रकाशित भयो । त्यो वक्तव्यमा भनिएको छ, ‘१. नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने आधार तयार पार्न छलफल र बहसलाई अगाडि बढाउने । २. राष्ट्रियता जनतन्त्र र जनजीविकासम्बन्धी परस्पर सहमति भएका विषयहरुमा कार्यगत एकता गरी संयुक्त संघर्ष गर्न सहमत भएका छौं । तत्कालका लागि निम्न संघर्षका कार्यक्रमहरु घोषणाा गरिएको छ ।’ यो संयुक्त वक्तव्यले नेपाली क्रान्तिकारीहरुको बीचमा एक प्रकारले खुशी र उत्साह पलाएको थियो । आम शोषित पीडित जनता यी पार्टीहरुप्रति आशावादी हुँदै गएका थिए । सहमतिअनुसार चैत २४ गते र वैशाख ४ गते काठमाडौंमा उपरोक्त चार पार्टीको संयुक्त कार्यक्रम भयो । त्यही कार्यक्रमको विषयलाई लिएर मिति २०७५ वैशाख ९ गते नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको नामबाट पार्टी कार्यालयको निर्णय भन्दै एउटा वक्तव्य सार्वजनिक भयो । त्यो वक्तव्य भनिएको छ, ‘…. तर अन्य पक्षहरुद्वारा हाम्रा बीचमा भएको सहमति र आचारसंहिताको अतिक्रमा गरेर निर्धारित विषयभन्दा बाहिरका आ–आफ्ना पार्टीका नीतिहरुबारे विचार प्रस्तुत गर्ने काम भयो । त्यसप्रति हाम्रो पार्टीले गम्भीर आपत्ति प्रकट गर्दछ । अन्य पक्षहरुको त्यस प्रकारको कार्य पद्धतिको कारणले अब उनीहरुसित पार्टी एकतासम्बन्धी संयुक्त भेटघाट र संयुक्त कार्यक्रमलाई तत्कालका लागि स्थगित गर्ने हाम्रो पार्टीले निर्णय गरेको छ । … पछि उनीहरुले आफ्नो कार्यप्रणालीमा सुधार गर्ने विश्वास दिलाएमा उनीहरुसित भेटघाट पुनः नयाँ प्रकारले वार्ता गर्ने वा संयुक्त आन्दोलन सञ्चालन गर्नेबारे विचार गर्न सकिनेछ ।’ क.मोहनविक्रमजीको यो वक्तव्यले चार पार्टीबीचको सहमति भंग भएको छ । उहाँहरुले जे–जे बहाना बनाए पनि प्रतिक्रियावादीहरुलाई फाइदा पुग्ने काम भएको छ ।

संयुक्त कार्यक्रममा क.मोहनविक्रमजीले भन्नुभएझैं अन्य पक्षले ‘सहमति र आचारसंहिताको अतिक्रमण गरेकै भए पनि पहिलो कुरा चार पार्टीको बैठक बसाएर त्यहाँ समीक्षा गर्नुपथ्र्याे । समीक्षामा कुनै पक्षबाट कमजोरी भएको भए पनि आत्मालोचना गर्ने वा अब त्यसप्रकारको कमजोरी नदोहो¥याउने प्रतिबद्धता जाहेर गर्ने आदि कामहरु हुन सक्थे र पार्टी एकताको लागि आधार तयार पार्ने छलफल र राष्ट्रियता जनतन्त्र र जनजीविकाको सवालमा कार्यगत एकता वा सहकार्य अगाडि बढ्दै जाने थियो । हुन त उहाँले हामीलाई चार पार्टीको बैठक बोलाउन अधिकार छैन पनि भन्न सक्नु हुन्छ । तर सवाल त्यसो होइन संयुक्त बैठक बस्नको लागि आपसी सरसल्लाह गर्न त सकिन्छ नै । संयुक्त बैठकको पहल गर्दा पनि बैठक बस्नु अन्य पक्षले अस्वीकार गरेको भए उहाँहरुले त्यसप्रकारको वक्तव्य निकाल्नुलाई अन्यथा लिन हुँदैनथ्यो । तर यी कुनै काम नगरी संयुक्त भेटघाटसम्म पनि नगर्ने कुराले क्रान्तिकारीहरु कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने आधार तयार पार्ने र राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी परस्पर सहमति भएका विषयमा संयुक्त आन्दोलन हुन नदिने कुरालाई नै मलजल गरेको छ ।

नेकपा (मसाल)का महामन्त्रीको वक्तव्यमा ‘एकातिर हाललाई संयुक्त भेटघाटलाई स्थगित गरिएको भनिएको छ भने अर्काेतिर ‘पछि उनीहरुले आफ्नो कार्यप्रणालीमा सुधार गर्ने विश्वास दिलाएमा उनीहरुसित भेटघाट पुनः नयाँ प्रकारले वार्ता वा संयुक्त आन्दोलन सञ्चालन गर्नेबारे विचार गर्न सकिनेछ’ भनिएको छ । अहिले भेटघाटलाई नै स्थगित गरिएको छ । कुन पक्षको कहाँ कमजोरी भयो भन्ने कुरा त बैठकमा छलफल भएपछि नै प्रष्ट हुने कुरा हो । अब संयुक्त बैठक बस्ने त कुरै भएन भेटघाटसम्म पनि हुन नसक्ने भयो । त्यो अवस्थामा आफ्नो कार्यप्रणालीमा सुधार गर्ने विश्वास दिलाएमा उनीहरुसँग भेटघाट पुनः नयाँ प्रकारले गर्ने’ भन्ने जुन शर्त राखिएको छ, त्यसले अन्य पक्षहरुले हामीले बिरायौं हजुर भनेर नेकपा (मसाल) समक्ष बिन्तीपत्र हालेपछि मात्र नयाँ प्रकारले भेटघाट हुनेसक्ने भयो । यो असम्भव कुरा हो र यस्तो शर्त राख्ने भनेको अहिलेका पक्षहरुसँग कार्यगत एकता सहकार्य कहिल्यै नगर्ने भनेको हुन्छ ।

भारतका प्रधानमन्त्रीजी मोदी वैशाख २८ गते नेपाल आउँदै छन् । त्यो अवसरमा हामीले राष्ट्रघाती भयो भन्दै विरोध गरेका अरुण तेस्रोको विधिवत रुपमा उद्घाटन गर्ने व्यवस्था गरिंदैछ । अप्पर कर्णालीलगायतका राष्ट्रघाती र असमान सन्धिसम्झौताहरुलाई निरन्तरता दिइदै छ । यस प्रकारको अवस्थामा राष्ट्रिय हित विपरीत भएका र अब हुने सबै असमान सन्धिसम्झौताको विरुद्धमा संयुक्त आन्दोलनको आवश्यकता झन् बढेर गएको छ । यस्तो बेलामा नेकपा (मसाल)को नेतृत्वले बैठकमा विगतमा भएका कमीकमजोरीहरुको समीक्षासमेत नगरी हतारमा संयुक्त भेटघाटलाई पनि स्थगित गर्ने जुन निर्णय गरेको छ, यो निर्णय प्रकारान्तरणले राष्ट्रिय हित विपरीत छ । किनभने राष्ट्रिय हितको पक्षमा व्यापक संयुक्त आन्दोलनको पक्षमा जोडदिनुको सट्टा भइरहेको संयुक्त संघर्षको सहमतिलाई एकपक्षीय रुपबाट भंग गर्ने कार्यले विस्तारवादी र उसका दलालहरुलाई नै मद्दत पुग्छ । नेकपा (मसाल)ले यस प्रकारको कमजोरीलाई जति सकिन्छ छिट्टो सच्याउँदा त्यसले राष्ट्रिय हितको पक्षमा काम गर्नेछ ।

मसालका महामन्त्री सिंह द्वारा जारी विज्ञप्ती तल प्रस्तुत छ :

एकताका लागि भेटघाट र संयुक्त कार्यक्रम स्थगित तर कार्यगत एकता कायम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here