राष्ट्रिय सभा निर्वाचनको लागि राजमोद्वारा उमेद्वार सार्वजनिक

0
58

बुटवल/ आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि राष्ट्रिय जनमोर्चाले आफ्ना उमेद्वार घोषणा गरेको छ । राष्ट्रिय जनमोर्चाको पौष १५ गते बुटवलमा सम्पन्न केन्द्रीय समिमिको बैठकले प्रदेश नं. ५ बाट शिवप्रशाद पौडेल र गण्डकी प्रदेशबाट शंकर बराललाई उमेद्वार बनाउने निर्णय गरेको छ । बैठक पछि अध्यक्ष चित्रबहादुर केसीले एक वक्तव्य जारी गर्दै आफ्ना उउमेद्वारको नाम सार्वजनिक गर्नुभएको हो ।

बैठकले आगामी फागुन १ गते देखि एक महिने संगठन विस्तार अभियान संचालन गर्ने समेत निर्णय गरेको वक्तव्यमा उल्लेख छ । साथै बैठकले चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय केन्द्रीय संगठन विस्तार अभियान परिचालन समिति बनाएको र प्रदेश र जिल्लाहरुमा पनि यसप्रकारका समितिहरु बनाइने विज्ञप्तिमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here