राष्ट्रिय जनमोर्चा सदस्यता अभियानको दौरान जनताको घर घरमा

0
452

दाङ । राष्ट्रिय जनमोर्चा दाङले सदस्यता अभियान अन्तर्गत जनताको घरदैलो पुगि आफ्नो पार्टीको नीति तथा कार्यक्रम बारे अवगत गराउँदै अगाडि बढेको छ । यसै सन्दर्भमा सदस्यता अभियान अन्तर्गत घोराही उमनपाको वाडा नम्बर ८ र ९ का कर्मटुवा, मछाइ र कटुकीमा अभियान सम्पन्न भएको छ । अभियानको सिलसिलामा स्थानीय जनताहरु सरकारले संघीयता कार्यान्वयनको नाममा कर वृद्धि गरेकोमा आक्रोश ब्यक्त गरेका थिए ।

उनीहरुले अगाडी थपे “राष्ट्रिय जनमोर्चाले उठाएका कुरा नै देश र जनताको लागि सहि रहेछ, हामीले पहिला त्यो कुरा बुझेनौं, अब हामी सबै यसैमा संगठित हुनुपर्छ ।”

जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा भएको घरदैलो तथा सदस्यता अभियानमा घोराही उपमहानगर समिति कोषाध्यक्ष चन्द्रबहादुर रावत, सल्लाहकार लालबहादुर सिंह, अखिल नेपाल किसान संघ नगर अध्यक्ष घनश्याम भण्डारी, अखिल नेपाल युबक संघ जिल्ला सदस्य तथा नगर अध्यक्ष डोर बहादुर केसी, अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य दुर्गाबहादुर बस्ने, शिवकुमार वलि, चिन्तामणी पाण्डे लगायतको सहभागीता रहेको रहेकोे थियोे । सो अभियानमा ३० जना बढिले विभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनमोर्चाको सदस्यता लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here