राष्ट्रिय जनमोर्चा भुमिकास्थान नपामा टेक बहादुर थापा

0
533

राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिकाको अध्यक्षमा टेक बहादुर थापा निर्बाचित हुनुभएको छ ।भुमिकास्थान ४ मैनडांडामा आज सम्पन्न प्रथम नगर सम्मेलनले थापाको नेतृत्वमा २१ सदस्यिय नगर समिति नै निर्बिरोध निर्बाचित गरेको छ ।

जसको उपाध्यक्षमा कविराम खनाल,सचिव हिमलाल बन्जाडे,सह–सचिव मेघराज बन्जाडे र कोषाध्यक्षमा जुना सुनार चयन हुनभएको छ । सम्मेलन सफल पार्न भुमिकास्थानका १० वटै वडाहरुबाट सयौंको संख्यामा सहभागि भएका उक्त पार्टीका कार्यकर्ताहरुलाई संवोधन गर्दै राष्ट्रिय जनमोर्चाका नेताहरुले परिवर्तनका कुरा सत्ताधारीहरुले जतिसुकै गरेपनि देशको राष्ट्रियता र अर्थतन्त्र संकटमा पर्दै गएकोले सबै नेपाली सचेत हुनुपर्नेमा जोड दिनुभएको छ ।

खड्क बहादुर थापाको अध्यक्षता, बाबुराम सुनारको स्वागत मन्तव्य र मेघराज खनालको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापा, नेता सागर के.सी., अनेम संघ केन्द्रिय उपाध्यक्ष सकुन्तला राना, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष जिवनारायण खानल, अखिल नेपाल युवक संघका नेता कविराम खनाल, अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई, जनप्रतिनिधिको तर्फबाट बुद्धि बहादुर थापा,जातिय समता समाजका नेता चेत बहादुर वि.क. र अखिल नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष कृष्ण बन्जाडेले मन्तव्य राख्दै मुलकमा संशोधनवादी र प्रतिक्रियावादीहरुको संगठन बलियो भएमा क्रान्तिकारी आन्दोलन कमजोर हुंदै जाने भन्दै शषक्त भएर काममा लाग्न नेता तथा कार्यकताहरुलाई आग्रह गर्नु भएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here