राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिका वाड १३ को भेला सम्पन्न

0
321

टेकराज भुसाल(टेकु)
बुटबल
। राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिका १३ को दोस्रो वाड भेला बुटवलको बेलबासमा सम्पन्न भएको छ । अध्यक्ष गोबिन्द खनालको अध्यक्षता, डिला रेग्मीको सञ्चालन तथा उमानन्द बन्जाडेको स्वागत मन्तव्यबाट कार्यक्रम अगाडि बढेको थियो ।

राष्ट्रिय जनमोर्चाका पूर्ब महासचिव तथा पूर्ब सांसद सन्तबहादुर नेपाली, राष्ट्रिय जनमोर्चा रुपन्देहीका सचिब दिपक पौडेल, अखिल नेपाल उधोग ब्यापार संघका केन्द्रीय अध्यक्ष ढुण्डिराज शर्मा, अखिल नेपाल महिला संघ रुपन्देही कि अध्यक्ष लक्ष्मी न्यौपाने, राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिकाका नगर सचिब टान बहादुर केसी, रक्तिम साँस्कृतिक अभियानकी केन्द्रीय सदस्य ज्योति फौजा, अखिल (छैठौं) रुपन्देहीका सदस्य टेकराज भुसाल(टेकु) को उपस्थिति रहेको थियो ।

भेलाले डिला रेग्मीको नेतुत्वमा ९ पुर्ण, २ बैकल्पिक गरि ११ सदस्यीय राष्ट्रीय जनमोर्चा बुटवल उपमहानगरपालिका वाड १३ को समिति गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here