राष्ट्रिय जनमोर्चा, बागलुङद्धारा विशेष संगठनात्मक अभियानको शुरुवात

0
176

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले फागुन महिना भरि सञ्चालन हुने विशेष संगठनात्मक अभियानको आज बरेङको धुल्लुबाँस्कोटमा जिल्ला प्रशिक्षण भेला गरी शुरुवात गरेको छ ।

भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले दीप प्रज्वलन गरी गर्नु भएको थियो । यस अवसरमा के.सी.ले सरकार राष्ट्रियताको विषयमा कमजोर नीति अपनाउँदै गएको छ । यसको सिलसिलामा अनुदानको बाहाना गरी एमसीसी जस्तो राष्ट्रघाति सम्झौतालाई संसदबाट अनुमोदन गराउने प्रयत्न गरेकाले पनि सरकार देश र जनताप्रति गम्भीर नभएको टिप्पणी गर्नु भयो । देशमा भष्टचार संस्थागत भएको र जनताका दैनिक समस्या झन जटिल भएको अवस्थामा राष्ट्रिय जनमोर्चाले यो अभियान सञ्चालन गरेको छ ।

भेलामा सहभागी रहेका कार्यकर्तालाई निर्देशन गर्दै फागुन महिनाको विशेष संगठनात्मक अभियान व्यापक जनतालाई संगठित र प्रशिक्षित गरी राष्ट्रियता र जनताका दैनिक समस्यामा संघर्षशिल बनाउनु पर्नेमा जोड दिनु भयो ।

भेला सफलताको शुभकामना दिनु हुनेहरुमा राष्ट्रिय जनमोर्चाका पूर्व सचिव कृष्ण अधिकारी, गण्डकी प्रदेश मामिला सभापति तथा प्रदेश सभा सदस्य कृष्ण थापा, राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, अखिल नेपाल बुुद्धिजिवी संघका केन्द्रिय उपाध्यक्ष काजिगाउँले श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (मसाल) बागलुङका प्रवक्ता मेक बहादुर पाईजा, प्रगतिशिल पत्रकार संघ बागलुङका अध्यक्ष राम सुवेदी लगायत हुनुहुन्थ्यो ।

भेलामा राष्ट्रिय जनमोर्चाका परिषद सदस्य गौरीस्वर पाण्डे, प्रशिक्षक दुर्गानाथ खरेल, प्रशिक्षक नर बहादुर पुन, परिषद सदस्य तिलक थापा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय उपाध्यक्ष केवी थापा, अखिल नेपाल युवक संघका केन्द्रिय कोषाध्यक्ष भिमसेन वन, अखिल नेपाल शिक्षक संघका केन्द्रिय सचिव कृष्ण प्रसाद आचार्य, जिल्ला सल्लाहकार बेदीलाल सापकोटा, टंक बहादुर के.सी., टिकाराम शर्मा, तम बहादुर घर्ति मगर, अमर बहादुर खत्री, गोविन्द पौडेल, अखिल नेपाल महिला संघका फुलकुमारी शर्मा, जिल्ला उपाध्यक्ष धर्म कुँवर, अन्टुकका केन्द्रिय सदस्य विष्णु अधिकारी, रक्तिम साँस्कृतिक अभियान, बागलुङका अध्यक्ष दान बहादुर थापा, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष लाल बहादुर पुन, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष नेत्र बहादुर बुढाथोकी, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका जिल्ला अध्यक्ष पदम श्रेष्ठ, जातिय समता समाजका जिल्ला अध्यक्ष नर बहादुर वि.क, स्थानीय बयोबृद्ध नेता हरीदत्त पाध्य लगायतको आतिथ्यता रहेको थियो ।

भेलाको उद्घाटन समाराेहको अध्यक्षता राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाको अध्यक्षता, जिल्ला सचिव भिमलाल पोखरेलको सञ्चालन र जिल्ला सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको स्वागत मन्तव्यबाट अगाडि बढेको थियो । भाेली ४ गते सम्म सञ्चालन हुने प्रशिक्षण भेलामा विभिन्न बिषयमा प्रशिक्षण तथा जिल्ला भरी अभियानमा परिचालन हुने १० वटा टाेलीहरुकाे कार्यक्रम बारे छलफल सहित निर्णय सहित भेला सम्पन्न हुनेछ । भेला सम्पन्न पश्चात् १० वटा टाेलीले जिल्लाकाे सबै वडाहरुमा अभियान सम्पन्न गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here