राष्ट्रिय जनमोर्चा बागलुङ द्धारा आयोजित जनवर्गीय संगठनको २ दिने कार्यशाला सम्पन्न

0
125

तिलक थापा, बाग्लुङ/ राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङले आयोजना गरेकाे जनवर्गीय संगठनहरुको जिल्ला स्तरिय दुईदिने संयुक्त कार्यशाला विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै २०७६ माघ ११ गते सनिवार बागलुङ बजारमा सम्पन्न भएकाे छ । समापन समारोहमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले राष्ट्रियता माथि एकपछि अर्को गर्दै राष्ट्रघाती चलखेल भै रहेकाे बेला राष्ट्रिय स्वाधीनताकाे आन्दोलनलाई सशक्त बनाउन आवश्यक रहेकाे बताउदै राष्ट्रियता र जनतन्त्रका लागि निरन्तर सघर्षरत पार्टी राष्ट्रिय जनमाेर्चाकाे आन्दोलनलाई सफल पार्नका लागि कार्यकर्तालाई थप जुझारु हुन अाव्हान गर्नु भयाे। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, गण्डकी प्रदेश सांसद माननीय खिम बिक्रम शाही, राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाँउपालिका अध्यक्ष कृष्ण पाैडेल, अखिल नेपाल शिक्षक संघका पुष्कर सापकोटा, कमला थापा, जातीय समता समाजका केन्द्रीय सदस्य पन बहादुर बि.क. लगायतले मन्तव्य राख्नु भएकाे थियाे । समापन अखिल नेपाल जनजाति सम्मेलनका पुर्व केन्द्रिय सल्लाहकार नर ब पुनकाे अध्यक्षता र भिमसेन वनकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

१० र ११ गते दुई दिन सम्म सञ्चालन भएकाे कार्यशाला नर बहादुर पुन, लक्ष्मी बास्काेटा र मित्रदत्त ढकाल रहेकाे अध्यक्ष मण्डलबाट सञ्चालन भएकाे थियाे । कार्यशालामा विभिन्न बिषयकाे प्रशिक्षण पश्चात् जनबर्गिय माेर्चा र पालिकाकाे तर्फबाट रिपोर्टिङ पछि राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार गौरीश्वर पाण्डेले समष्टिगत रुपले कार्यक्रम पेश गर्नु भएकाे थियाे । कार्यक्रम माथि छलफल पछि २०७७ भाद्र सम्मकाे आवधिक कार्यक्रम बनेकाे छ ।
१. भ्रष्टाचार र राष्ट्रघाती नागरिकता बिधेयक बिरुद्ध अखिल नेपाल युवक संघले ०७६माघ १५ देखि २९ गते सम्म सञ्चालन गरेकाे मेची – महाकाली अभियान लाई सफल पार्न सहयाेग गर्ने ।
२. ०७६ फागुन २ र ३ गते बुटवलमा हुन गई रहेकाे अखिल नेपाल महिला संघकाे साताैं राष्ट्रिय सम्मेलन भव्य रुपमा सफल पार्न सहयाेग गर्ने ।
३. राष्ट्रिय जनमोर्चा बागलुङको २०७६ फागुन ३ र ४ गते बरेङ गाँउपालिकाकाे धुल्लुबास्कोटमा हुने जिल्ला प्रशिक्षण भेला लाई सफल पार्ने ।
४. ०७६ फागुन महिना भरी १० वटा पालिका सञ्चालन हुने राष्ट्रिय जनमाेर्चाकाे संगठन बिस्तार अभियानलाई सफल पार्ने ।
५. २०७६ फागुन २२ देखि २४ गतेसम्म जातीय समता समाजको बुटवलमा हुने चाैथाे राष्ट्रिय सम्मेलन सफल पार्न सहयोग गर्ने ।
६. अखिल (छैठौं)को चैत्र १ देखि ५ गतेसम्म संघीयता विरुद्ध काठमाडौ मार्च रहेको छ । त्यसमा बागलुङबाट सहभागी गराउन सहयाेग गर्ने ।
७. २०७७ असार र साउन महिनामा संगठनको पालिका तहसम्म समितिकाे भेला गर्ने ।
१०. २०७७ भाद्र १० देखि ३० सम्म एक मोर्चाले एक पालिकामा विशेष संगठनात्मक अभियान (सघन संगठनात्मक कार्य) सञ्चालन गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here