राष्ट्रिय जनमोर्चा गल्कोटको वडा भेला सम्पन्न

0
358

बाग्लुङ । राष्ट्रिय जनमोर्चा गल्कोट नगरपालिका वडा नं. ७ को वडा भेला २०७५ भदौ ८ गते मल्ममा सम्पन्न भएको छ । भेलामा राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष बेदीलाल सापकोटाको प्रमुख आतित्थ्यता रहेको थियो । राष्ट्रिय जनमोर्चा गल्कोट नगरपालिका सचिव लाल बहादुर रानाले भेला सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।

भेलाले दल बहादुर थापाको अध्यक्षतामा ३ सल्लाहकार सहित १६ सदस्यीय राष्ट्रिय जनमोर्चा गल्कोट नगरपालिका–७ वडा समिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा घनश्याम के.सी, सचिव मिन बहादुर दर्जी, सहसचिव ललित बहादुर बस्नेत, कोषाध्यक्ष भरत के.सी., सदस्यहरुमा झम बहादुर थापा, दुर्गा बहादुर दर्जी, सुनकी दर्जी, दुर्ग बहादुर के.सी., दल कुमारी थापा, थम कुमारी बोहरा, टोपकली खत्री, होम बहादुर घिमिरे, यसोदा थापा र रिमा थापा रहनु भएको छ ।

त्यस्तै सल्लाहकारहरुमा सु. जंग बहादुर के.सी., राज कुमार दर्जी र मिना थापा रहनु भएको छ । भेला दल बहादुर थापाको अध्यक्षता, मिन बहादुर दर्जीको सञ्चालन र यसोदा थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here