राष्ट्रिय जनमोर्चाद्वारा आपत्ति

0
380
काठमाडौं । टीकापुरको हत्याकाण्डका अभियुक्त मानिएका रेशम चौधरीलाई संसदको शपथ गराउन भइरहेको प्रयत्नप्रति राष्ट्रिय जनमोर्चाले गम्भीर आपत्ति प्रकट गरेको छ ।  “अपराधी छुटाउनलाई जिम्मेबार पक्षबाट जुन प्रकारको प्रयत्न भइरहेको छ, त्यो प्रयत्नलाई हाम्रो पार्टीले घोर भत्र्सना गर्दछ”
दूधेबालक समेतको निर्मम हत्या तथा अत्यन्त अमानवीय कार्य भएको प्रष्ट छ भन्दै अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्तक्षरित जारी विज्ञप्ति मार्फत आपत्ति प्रकट गरिएको हो ।
अपराधी छुटाउने प्रयत्नप्रति आपत्ति जनाउँदै अपराधीलाई अपराधअनुसार कडा कारवाही गर्नुपर्ने आवश्यकतामा विज्ञप्तीमा औंल्याइएको छ ।
विज्ञप्तीमा भनिएको छ :
“टिकापुरको जघन्य हत्याकाण्डका अभियुक्त रेशम चौधरीलाई संसदको सफत गराउने जुन प्रयत्न भइरहेको छ त्यसप्रति राष्ट्रिय जनमोर्चाले गम्भीर आपत्ति प्रकट गर्दछ । त्यहाँ दुधेबालक समेतको जसरी निर्मम हत्या गरियो, त्यो अत्यन्त अमानवीय कार्य भएको कुरा प्रष्ट छ । अपराधी छुटाउनलाई जिम्मेबारपक्षबाट जुन प्रकारको प्रयत्न भइरहेको छ त्यो प्रयत्नलाई हाम्रो पार्टीले घोर भ्रत्सना गर्दछ । त्यसकारण त्यस प्रकारको कार्यको विरोध गर्दै हाम्रो पार्टीले अपराधिलाई अपराधअनुसार कडा कारवाही गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here