राष्ट्रिय जनमोर्चाको मकवानपुर जिल्ला भेला सम्पन्न

0
147

अध्यक्षमा निर बहादुर सिन्तान

मकवानपुर । राष्ट्रिय जनमोर्चा मकवानपुरको जिल्ला भेलाले निर बहादुर सिन्तानको अध्यक्षतामा ९ सदस्य मकवानपुर जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा ओविन्द्र बहादुर लुइँटेल, सचिव– दिनेश बिष्ट, सहसचिव– दिपक केसी, कोषाध्यक्ष– शोभा गोपाली रहेका छन् । त्यस्तै सदस्यहरुमाः कृष्ण बहादुर गोले, पुण्यप्रसाद तिमिल्सिना, सरु सुनार, आशालाल परियार रहेका छन् ।

मकवानपुरको थाहानगरस्थित डाडागाउँमा सम्पन्न सो भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका महासचिव जनक राज शर्माले गर्नुभएको थियो । प्रमुख अतिथि शर्माले– देशमा संघीयता लागू गर्यौं भन्नेहरुनै भोलिका दिनहरुमा संघीयताको खारेजीको आन्दोलनमा लामबद्दा हुने ठोकुवा गर्नुभएको थियो । आर्थिक दृष्टिकोणबाट पनि संघीयता नेपाल र नेपाली जनताले धान्न नसकिने नेता शर्माले जोड दिनु भयो ।

त्यस्तै नेकपा (मसाल) मकवानपुरका प्रवक्ता रामहरि धितालले शोसित पीडित जनताको पक्षमा लडनु पर्ने र अबसरबादी शक्तिलाई परास्ता गर्नु पर्ने बिचार ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै अखिल नेपाल शिक्षक संघ केन्द्रीय अध्यक्ष सानोभाइ कार्की, अन्टुक केन्द्रीय सदस्य पुर्षोत्म कार्की, अखिल नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर बिष्ट, अखिल नेपाल युवक संघ केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष डिलराज मुक्तान, नेपाल शिक्षक महासंघ मकवानपुरका उपसचिव दिपक कार्की, रक्तिम साँस्कृतिक अभियान मकवानपुरका अध्यक्ष नरेश कार्की, राष्ट्रिय जनमोर्चा जिल्ला सचिव दिनेश बिष्ट, अखिल (छैठौं) मकवानपुरका सदस्य कविता बिष्ट, राष्ट्रिय जनमोर्चा हेटौंडा नगर समिति अध्यक्ष पुण्यप्रसाद तिमिल्सिना (कुमार) लगायतले भेल्ला सफलताको शुभकामना दिनु भएको थियो ।

कार्यक्रमको सञ्चालन अखिल नेपाल शिक्षक संघका केन्द्रीय सचिब गिता कार्कीले र अध्यक्षता निर बहादुर सिन्तानको गर्नुभएको थियो । ओविन्द्र बहादुर लुइँटेलले उपस्थिति सम्पुर्णलाई मन्तव्यबाट स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here