राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रिय हित विपरित : पौडेल

0
285

पौष २६, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ती जारी गरि विरोध प्रकट गरेकोछ । पार्टी प्रवक्ता तथा उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलद्वारा जारि विज्ञप्तीमा उल्लेख छः “त्यो विधेयकका कैयौँ बुँदाहरू डा. के.सी.सित भएको सम्झौता तथा शिक्षा र चिकित्सा सम्बन्धी राष्ट्रिय हितका विपरित छन् ।” पौडेलले विज्ञप्तीमा भन्नु भएको छ– “सरकारले पहिले उक्त विषयमा सम्झौता गरेर त्यसका विपरित विधेयक ल्याउनु धेरै आपत्तिजनक र पछि शिक्षा तथा स्वास्थ्य समितिले त्यसका विपरित विधेयक पारित गर्नु धेरै नै आपत्तिजनक र दुःखको कुरा हो । त्यसप्रति हाम्रो पार्टीले विरोध प्रकट गर्दछ ।”

“संसदमा प्रस्तुत भएको उक्त विधेयकमा मैले कैयौँ संशोधनहरू प्रस्तुत गरेकी थिएँ ।” पौडेलले विज्ञप्तीमा भन्नु भएको छ– “पछि उक्त विधेयकमा संशोधन हालेका सांसदहरूलाई बोलाएर छलफल गर्दा मैले आफ्ना संशोधनहरूका पक्षमा विचार प्रकट गरेकी थिएँ ।”

शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको विधेयक पहिले डा. के.सी.सित भएको सम्झौता र शिक्षा र चिकित्सा सम्बन्धी राष्ट्रिय हित समेतका विरुद्ध भएको राष्ट्रिय जनमोर्चाको ठहर छ । “अब त्यो विधेयक पुनः संसदमा प्रस्तुत हुनेछ ।” पौडेलले भन्नु भएको छ– “त्यो बेला डा. के.सी.सित भएको सम्झौता तथा शिक्षा र चिकित्सा सम्बन्धी राष्ट्रिय हितका विपरित सबै अवधारणाहरूलाई अस्वीकार गर्नु पर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here