महेश रिजाल,
पुस २१, भालुबाङ । राप्ती गाउँपालिका वडा न. १ पाखापानी स्थित राम जहदी सामुदायिक बन उपभोक्ता समुहको आज सम्पन्न २१ औं साधारण सभा एबम ९ औं अधिबेशनले हरी प्रसाद श्रेष्ठलाई पुनः अध्यक्ष पदमा सर्बसम्मत चयन गरेको छ । यसै गरी उपाध्यक्ष्यमा युबराज भण्डारी, सचिबमा पुष्पा पाण्डे, कोषाध्यक्षमा बिनोद न्यौपाने, सहसचिबमा हुम् प्रसाद आचार्यलाई चयन् गरेकोछ्र । त्यसैगरी सदस्यहरुमा उर्मिला रोका, कल्पना घर्ति, आत्माराम पौडेल, कृपा सिंह पुन, गिरिराज शर्मा र निर्मला बिटालु चयन हुनु भएको छ ।
समुहका अध्यक्ष हरी प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिबेशनको उद्घाटन प्रमुख अतिथी तथा राप्ती गाउँपालिका वडा न. १ का सदस्य श्यामलाल पोख्रेलले गर्नु भएको थियो । समुहका उपाध्यक्ष्य युबराज भण्डारीको स्वागत मन्तब्य र शहिद प्रती १ मिनेट मौन धारणबाट सुरु भएको अधिबेशनमा प्रमुख अतिथी पोख्रेल, बिशिस्ट अतिथी राम जहदी साबउसका संस्थापक अध्यक्ष एबम लालमटिया गाबिसका तत्कालिन अध्यक्ष सुर्य प्रकाश शर्मा, नागरिक समाज देउखुरीका संयोजक दामोदर भण्डारी राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगत प्रसाद पोख्रेल, राप्ती गाउँपालिका स्तरिय बन महासंघका अध्यक्ष हरी प्रसाद भुसाल, भालुबाङ होटल ब्यबसायी समितिका सल्लाहकार भिमार्जुन सुबेदी, बिहानी टोल बिकास संस्थाका संयोजक खुमलाल पोख्रेल लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।
अधिबेशनमा समुहका सचिब तपराज आचार्यले प्रगती प्रतिबेदन र कोषाध्यक्ष हुमा मास्केले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो । कार्यक्रमको सन्चालन दाङ देउखुरी बातावरण समरक्षण मञ्चका प्रबक्ता महेश रिजालले गर्नुभएको थियो ।
ठुलो संख्यामा उपस्थित महिला तथा पुरुष उपभोक्ताहरुका बिच लोक गायिका सुनमाया घर्तिले बन बातावरण र जैबिक बिबिधता समरक्षण सम्बन्धी जनचेतनामुलक गीत प्रस्तुत गर्नु भएको थियो ।