दाङ । दाङको राम्रीमा भएको बस दुर्घटनामापरि मृत्यु भएका २३ जनाकै सनाखत भइसकेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । ईलाका प्रहरी कार्यालयका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्बका १/१ जना रहेका छन् ।
जस्मा दाङका बस चालक घोराही उपमहानगरपालिका ३ का २६ बर्षिय मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका १७ का २८ बर्षिय प्रदिप घिमिरे, शिक्षक रुकुम भुमे गापा ६ का २८ बर्षीय नरेश वली, सहचालक तुलसीपुर उपमहानगरपालिका १८ का २२ बर्षीय गणेश बिक, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ बर्षिय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ बर्षिय कबिता खत्री, दंगीशरण गाउँपालिका १ का २० बर्षिय सञ्जीत रत्गैयाँ रहेका छन् ।
त्यस्तै जुम्ला चन्दननाथ नगरपालिका ६ का १६ बर्षिया कुशुम रावल, ३ का १७ बर्षिय हिम्मत बोहरा, १० का १८ बर्षीय रुपेश शाही, १४ का १७ बर्षीय रितेन्द्र शाही, ५ का देवीप्रसाद उपाध्याय, १० का बिपना खत्री, ३ का १८ बर्षीय अर्जुन शाही, जुम्ला कन्का सुन्दरी गापा ५ का २० बर्षिय विरेन्द्र कडारा, जुम्ला हिमा गापा ५ का १७ बर्षिया शैलजा शाही, जुम्ला तिला गापा १ का जंगबहादुर बिक, तिला गापा ३ का रमेश उपाध्याय रहेका छन् ।
त्यस्तै डोल्पा जग्दुला ७ का १६ बर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका ४ का १७ बर्षिय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ का १७ बर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ बर्षीय महेश जोशी, बाजुरा बुढिगंगा १० का लोकेन्द्र रावलको दुर्घटनामा परि मृत्युभएको हो ।
दुर्घटनाका परि १९ पुरुष र ४ महिलाको मृत्युभएको हो । साथै १४ जनाको नेपालगंज मेडिकल कलेज र नर्सिङ होममा उपचार भईरहेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएकोहो । २२ जना घटनास्थलमै र एकजना नेपालगंज उपचारको क्रममा निधन भएको हो ।
साइन अनलाइनबाट