रामविलास दासप्रति मसालद्वारा श्रद्धान्जली

0
137

माघ ८, काठमाडौं । का. सितल (रामविलास दास) को ७१ वर्षको उमेरमा २०७५ माघ ६ गते अचानक मृत्यु भएको छ । पार्टीका महामन्त्रीले एक विज्ञप्ती जारी गरि रामविलासको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउनु भएको छ ।

सिंहले विज्ञप्तीमा लेख्नु भएको छः “बेलुका सुत्ने बेलामा सामान्य बिरामी हुनु भएको रामविलास सोही राति २ बजे घरमै उहाँको मृत्यु भएको थियो । कुन रोगका कारणले मृत्यु भयो, थाहा भएको छैन । उहाँ वि.सं. २०३० सालमा तात्कालिक नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशनको सदस्य हुनु भएको थियो । त्यसबेलादेखि सिराहा जिल्लामा का. जयगोविन्द शाहसँगै उहाँले कम्युनिष्ट पार्टीमा रहेर काम गर्नुभयो । पार्टीमा विभाजन भएपछि उहाँ नेकपा (चौम)मा रहेर काम गर्नुभयो । पछिल्लो समय नेकपा (एकीकृत–क्रान्तिकारी)मा हुनुहुन्थ्यो । नेकपा (एकीकृत–क्रान्तिकारी) सँग पार्टी एकता भएपछि नेकपा (मसाल)को सिरहा जिल्ला संगठन समितिमा रहेर काम गरिरहनु भएको थियो । उहाँ एक इमान्दार, कर्मठ र तल्लो वर्गबाट आएको कामरेड हुनुहुन्थ्यो । उहाँको मृत्युले पार्टीलाई ठूलो क्षति पुगेको छ । का. रामविलास सदाप्रति हार्दिक श्रद्धाञ्जली र उहाँका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here