रामपुर पाल्पामा राजमो सम्मेलन सम्पन्न

0
248
रामप्रसाद गैरे, पाल्पा । राष्ट्रिय जनमोर्चा पाल्पा जिल्ला समिति अन्तर्गत रहेको रामपुर नगर समितिको सम्मेलन सम्पन्न भएको छ । जिल्ला अध्यक्ष विशाल दर्लामीको प्रमुख आतिथ्यतामा सम्पन्न सो सम्मेलनले पदम पौडेलको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ ।
                 जसमाः उपाध्यक्ष– पहलसिंह सिंजाली, सचिव– रामप्रसाद गैरे, कोषाध्यक्षमा सूर्य गैरे रहनुभएको छ । त्यस्तै  सदस्यमाः बाबुराम गैरे, विष्णु सिग्देल, राम बहादुर आले, छवि सिंजा र चित्र बहादुर मल्ल रहनु भएको छ । त्यस्तै सम्मेलनले रेशम कंडेल, भूवन सिंह सिंजाली र भिमलाल गैरेलाई सल्लाहकार चयन गरेको छ ।
                रेशम कंडेलको अध्यक्षता र पदम पौडेलको सञ्चालनमा अगाडि बढेको सो सम्मेलनमा उपस्थित जनसमुदायलाई भूवन सिंह सिंजालीले स्वागत गर्नुभएको थियो । नव निर्वाचित समितिलाई विशाल दर्लामीले बधाई दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here