राधा चौधरीको चित्कार संसदमा पनि गुञ्जीयो

0
1058
काठमाडौं । राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्मम र अमानवीय कुटपिटको घटना विरुद्धको आवाज संसदमा पनि गुञ्जीएको छ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले सभामुख कृष्ण बहादुर महराले पहिलो काम लैंगिक विभेद अन्त्य गर्ने निर्देशनबाट शुरु गर्नु पर्ने धारणा व्यक्त गरेका छिन् ।
संसद बैठकमा बोल्दै पौडेलले आजदेखि सभामुखको कार्यभार शुरु गरेका सभामुखले सरकारलाई रुलिङ गरि कैलालीकी राधा चौधरीमाथि बोक्सिको आरोपमा अमानवीय कुटपिट गर्नेहरुलाई कारवाही गर्नु पर्ने माग राखिन् ।
“जुन प्रकारको जघन्य अपराध भएको छ, सरकारले कडा कारवाही गरोस्” पौडेलले भनिन्– “लैंगिक विभेद अन्त्य गर्ने गरि रुलिङ गरेर सभामुखको पहिलो काम शुरु हुनेछ भन्ने कुरामा ध्यानाकर्षण गर्न चाहन्छु ।”
नेपाल मजदुर किसान पार्टीका नेता तथा सांसद प्रेम सुवालले पनि राधा चौधरीमाथि अमानवीय कुटपिट गर्नेहरुलाई कारवाही गर्नु पर्ने माग गरे । “सभामुखले रुलिङ गरेर सरकारसाग स्पष्टिकरण लिनु आवश्यक छ” उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here