रातो रिवन, बाग्लुङ र अखिल (छैठौ)को भगवान विरुद्धको अभियान

0
694

बाग्लुङ । अखिल (छैठौ) ले अन्धविश्वास बिरुद्द सचेतना अभियान सञ्चालन गरेको छ । समाज प्रतिको जिम्मेवारी ठान्दै, राष्ट्रप्रतिको दायीत्व र देशभर अभियान सन्चालन गर्ने निर्णय अनुसार अखिल (छैठौ) जिल्ला समिति बाग्लुङले जनक मा. बि.मा पनि अभियान चलाएको छ । अन्धबिश्वास बिरुद्द छैठौको रातो ब्यानर कक्षाको अगाडि राखिएको थियो । अगाडि बोल्दै हुनुहुन्थ्यो अभियान बारे ४ न प्रदेशका अध्यक्ष अर्जुन शर्मा, पछाडिबाट बाग्लुङ जिल्ला अध्यक्ष शिव चालिसेले फोटो लिनुभयो । फोटोमा रातो रिवनले कपाल बाटेका बहिनिको तस्बिर यति सुन्दर देखियो ।

अखिल छैठौं बागलुङको अन्धविश्वास विरुद्ध सचेतना अभियान २०७५ आज जेठ ६ गते जैमिनि नगरपालिकाको वाड नम्बर ४ सर्कुबामा स्थित जनता मावि र वाड नम्बर ५ बिनामारे स्थित सर्वाेदय जनक माविमा सम्पन्न भएको छ । सामाजिक जीवन यापन गर्ने सन्दर्भमा अनविज्ञताको उपजबाट जन्मेको अन्धविश्वासले समाजमा जरा गाडेको छ, त्यसको प्रभावले सचेत समुदाय विद्यार्थीहरुमा पनि विद्यालय, घर तथा समाजको व्यावहारबाट अन्धविश्वासले डेरा जमाउन थालेको सन्दर्भमा अखिल छैठौंले समयमै विद्यार्थीलाई सचेत वनाई आदर्श नागरिक र आदर्श समाज निर्माणका लागि यो अभियान संचालन गरिएको अखिल छैठौं बागलुङका अध्यक्ष शिव चालिसेले बताएका छन् ।

अन्धविश्वास कै कारण आज बिद्यार्थीहरु कुलतमा फस्ने देखि लिएर समाजमा जातीय भेदभाव मात्र नभई जातीय द्वन्द्व समेत निम्ताउने खतरा बढ्दै गएकाले जात, धर्म तथा लिङ्गको आधारमा विभेद गर्नु पनि अन्धविश्वास नै भएकाले सहहिदयता स्थापित गरि विभिन्न जातजातिको एक आपसको समधुर सम्बन्ध स्थापित गर्न यो अभियान चलाइएको अभियान टोलिका सदस्य तथा अखिल छैठौं ४ नम्बर प्रदेश अध्यक्ष अर्जुन शर्माले बताउनु भयो ।

टोलीमा अखिल नेपाल युवक संघ जैमिनि नगर समितिका सहसचिव ओम थापा, स्थानीय विद्यार्थी प्रदिप थापा लगायत रहनु भएको थियोे ।

टोलिले जनता मावि सर्कुवामा दिपेन्द्र पौडेलको अध्यक्षतामा २७ सदस्यीय अखिल छैठौं जनता मावि मुल ईकाई समिति गठन गर्काे छ जस्को उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा त्रमस टिकादेवि शर्मा, मनोज पौडेल, सुधा थापा र सन्तोस पौडेल र अन्य सदस्य हरु रहनु भएको छ ।

त्यतै सर्वाेदय जनक मावि विनामारेमा सौगात पौडेलको अध्यक्षतामा ४१ सदस्यीय मुल एकाई समिति गठन गरेको छ जस्को उपाध्यक्ष– कामना थापा, सचिव– हरि थापा, सहसचिव– रन्जिता थापा र कोषाध्यक्ष– दिलिप मल्ल र अन्य सदस्यहरु रहनु भएको छ । संगठनको यहि जेठ १२ गते शनिबार जैमिनि १० राङखानि पाहिमा नगर भेला गरिने अखिल छैठौं बागलुङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here