राज्य सत्ता कम्जोर हुनाले नागरिकहरुको अवस्था दयनीय : चित्र बहादुर केसी

0
848
असार १५, नयाँ दिल्ली । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशको राज्य सत्ता कम्जोर हुनाले देशका नागरिकहरुको अवस्था दयनीय हुने गरेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ भारत शाखाले विहिबार दिल्लीमा आयोजना गरेको “प्रवासी नेपालीहरुको सुरक्षा र राज्यको दायीत्व” विषयाक अन्तरक्रिया कार्यक्रममा बोल्दै वहाँले मुलुकमा गणतन्त्र आईसके पछि, देशका नागरिकले सहजै अन्य मुलुक जान पाए पनि राज्यसत्ताले उनीहरुको ख्याल राख्न नसकेको बताउनु भयो ।
           राज्यसत्ताले अन्य मुलुकमा रहेका नेपालीहरुको समस्या र उनीहरुको सुरक्षाका लागि पहल गर्न नसकेको केसीले बताउनु भयो । “अहिले देशमा शक्तिसाली सरकार बनेको छ, उसले आफ्ना नागरिकहरुको जिम्मेवार बन्न चाहेमा जस्तो सुकै कदम चाल्न सक्छ ।”
        पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका केसीले देशको विकासका आधारमा अन्य देशहरुमा नागरिकको सम्मान हुने गरेको बताउनु भयो । नेपालीहरुलाई भारतमा गरिने व्यवहारको उदाहरण दिंदै केसीले भन्नु भयो “कुनै अमेरिकी अथवा जापानी गारिक आउँदा र नेपाली नागरिक आउँदा हेर्ने दृष्टिकोण फरक हुन्छ ।”
          केसीले संघीयता नेपालको सन्दर्भमा कुनै पनि हालतमा ठिक नभएको दोहोराउनु भयो । संघीयत प्रणाली संघीय प्रणाली लागु गर्न आधार हुनु पर्ने भन्दै वहाँले “नेपालमा संघीय प्रणाली लागु गर्न तीन सर्तहरु हुन्छन् तर ती सर्तहरु नेपालमा कुनै आधार छैन ।”
           नेपाल पत्रकार महासंघ भारत शाखाका अध्यक्ष लोकेश शाहाका अध्यक्षता गरेको कार्यक्रममा नेपाली रादूतावासका काउन्सीलर पुरुषोत्तम कंडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव ठाकुर खनाल, एभेरेष्ट चेम्बर अफ् कमर्स एण्ड एन्डष्ट्रिजका कोषाध्यक्ष विन बहादुर कुंवर, नेपाल रेमिटका चियरमेन देवेन्द्र कुंवर, प्रभु बैंक भारत शाखाका सुनिल मिश्रा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार महासंघका गोविन्द्र पोखरेलले गर्नुभएको थियो ।
पत्रकार महासंघ भारत शाखाका अध्यक्ष लोकेश शाह, महासचिव गोविन्द पोखरेल, उपाध्यक्ष देवेन्द्र कुंवर र सदस्य धनवीर पुन सहितको प्रतिनिधि मण्डलले केसीलाई गुलदस्ता हस्तान्तरण गरि सम्मान गरेको थियो ।

फोटो पत्रकार गोपाल भारद्वाज:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here