राजमो लमही नगर समितिले सभा गर्ने

0
497

भदौ २२, लमही । राष्ट्रिय जनमोर्चा लमही नगर समितिले ‘संघीयता खारेज गर, चर्को कर वृद्धि फिर्ता गर’ भन्ने मुल नाराका साथ असोज २ गते दिउँसो २ बजे लमहिमा कोण सभा गर्ने भएको छ । २०७५ भाद्र २२ गते बसेको बैठकले उक्त निर्णय गरेको नगर अध्यक्ष हरि थापाद्वारा जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

यसैगरी राजमोले देशको राष्ट्रियता, स्वाधिन्ता र अखण्डताको रक्षा गर्नुका साथै संघीयताका विरुद्धको आन्दोलनलाई थप ब्यबस्थित गर्नको लागि असोज महिना भरि घरदैलो तथा सदस्यता अभियान चाल्ने भएको छ । उक्त अभियान असोज ३ र ४ गते वाडा नम्बर ६ मा, ५ र ६ गते वडा नम्बर ५ मा, ७ गते वडा नम्बर ४ मा, ८ देखि १० सम्म वडा नम्बर ३ मा, ११ देखि १४ सम्म वडा नम्बर २ मा, १५ देखि १९ सम्म वडा नम्बर १ मा, २० गते नर्तिमा कोण सभा, २४ गते ७ नम्बर वडामा, २५ गते ८ नम्बर वडामा, २६ गते ९ नम्बर वडामा अभियान चल्ने छ ।

नगर अध्यक्ष हरि थापाको अध्यक्षता र जिल्ला अध्यक्ष गणेश आचार्य, सचिब वसन्त पौडेल र नगर इन्चार्ज पदम गोराथोकिको विशेष उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here