बारा । राष्ट्रिय जनमोर्चा बाराको चौथो जिल्ला भेला सम्पन्न भएको छ । सम्मेलनले अध्यक्षमा कर्ण थापा निर्बाचित गरेको छ ।
भेलाको उद्घाटन प्रमुख अतिथि राजमो केन्द्रीय समितिका बैकल्पिक सदस्य चिन्तामणि पौडेलले गर्नुभएको थियो । भेलाले कर्ण थापाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
जस्माः उपाध्यक्ष– बालकृष्ण आचार्य, सचिब– जीबन भट्टराई, सहसचिव– हेमा केसी र कोषाध्यक्ष– गोमा पौडेल रहेका छन् । त्यस्तै सदस्यमा केदार प्याकुरेल, कुलप्रसाद आचार्य, सहदेब चौधरी, बृज चौधरी, सरस्वती पौडेल, शिव खड्का र २ स्थान रिक्त राखिएको छ ।
त्यस्तै भेलाले ४ सल्लाहकार चयन गरेको छ । जसमाः धर्मानन्द सुवेदी, रामजी न्यौंपाने, उदयनारायण, खा थारु र बुद्धी पौडेल रहुन भएको छ । सम्मेलन जितपुर सिमरा उपमहानगरपालिका १४ स्थित रजघत्तामा सम्पन्न भएको थियो ।
अध्यक्षता कर्ण थापाको अध्यक्षता तथा जीबन भट्टराईको सञ्चालनमा अगाडि बढेको सो भेलामा बामपंथी नेता अक्षलाल शाह, नेकपा (मसाल) बाराका प्रबक्ता रमेश भट्टराई, राजमो २ नं प्रदेशका कोषाध्यक्ष शेरबहादुर कार्की, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य धर्मानन्द सुवेदी, तराई मधेस जनबादी मोर्चाका उपाध्यक्ष दिपक चौधरी, अखिल नेपाल महिला संघकी गोमा पौडेल र सृजना शर्मा, अपाङ्ग रामस्वरुप यादब, रक्तिमका कमल सुवेदी, राजमो २ न प्रदेसका सदस्य तपसी चौधरीले शुभकामना मन्तव्य दिनु भएको थियोे । त्यस्तै नबनिर्बाचित समितिलाई टंक ढकाल, काँशिराम पाध्या र सीता सुवेदीले बधाई मन्तव्य राख्नु भयो ।
रक्तिम साँस्कृतिक अभियान कलाकारहरु र रामजी न्यौंपानेले स्वागत गर्नुभएको थियो ।