राजमो बाग्लुङ अमलाचौरको भेला सम्पन्न

0
644

भदौ २३, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिका वडा नं. १२ को वडा भेला अमलाचौरमा आज सम्पन्न भएको छ ।

भेलाको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चा बागलुङ १/२ का प्रदेशका माननीय क. कृष्ण थापाले संघीयताको कारण जनताले दु:ख पाएको बताउनु भयो । कर बृद्धि र सरकारको बजार नियन्त्रण नीति फितलो भएका कारणले महंगी तीव्र गतिमा बृद्धि भएको बताउँदै ‘संघीय व्यवस्था टिकाउनका लागि जनताले अनावश्यक कर सरकारलाई बुझाउन नसक्ने’ थापाको भनाई थियो– ‘संघीयता खारेजी हुनु पर्दछ ।’ राष्ट्रिय जनमोर्चा सधैं जनताको लागि संघर्षमा रहेको बताउँनु भयो ।

भेलामा, राष्ट्रिय जनमोर्चा बागलुङ नगर अध्यक्ष तथा जिल्ला सदस्य थानेश्वर सुवेदी, योगेन्द्र शर्मा, मुमा देबी शर्मा, बबिता राम्दाम, बिस्नु अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो । भेलाको अध्यक्षता लोकनाथ शर्मा, सञ्चालन बिपिन शर्मा र स्वागत घनश्याम बिकले गर्नु भएको थियो ।

भेलाले घनश्याम विकको अध्यक्षतामा १३ सदस्यीय राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिका १२ नं वडा समिति, अमलाचौर गठन गरेको छ । जसको उपाध्यक्ष गोबिन्द पौडेल, सचिव बिपिन शर्मा, सहसचिव रिशिराम शर्मा, कोषाध्यक्ष मुमा देबि शर्मा रहेका छन् । त्यस्तै सदस्यहरुमा लोकनाथ शर्मा, बबिता राम्दाम, गुमा देबि शर्मा, हरि प्र .शर्मा, लक्ष्मिदत्त आचार्य, लेख बहादुर हरिजन, पशुपति शर्मा र मन ब.चुदारा रहृका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here