राजमो बाग्लुङको दशैं शुभकामना कार्यक्रम सम्पन्न

0
755

बाग्लुङ । राष्ट्रिय जनमोर्चा बाग्लुङ नगर समितिले २०७५ असोज २९ गते बिजया दशमी, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लक्ष्मी बास्कोटाले बिजया दशमी, दिपावली र छठ पर्वको अवसरमा शुभकामना दिदै कर बृद्धि र महंगीको मारमा परेका नेपाली जनतामा चाड पर्वसँगै भित्रिएका अर्काको देखासिकी खर्च गर्ने, मदिरापान, जुवातास जस्ता विकृतिले थप मारमा पारेको बताउनु भयो ।

बास्कोटाले भन्नु भयो– “सबै प्रकारका बिकृतिको अन्त्य गरिनु पर्दछ, हाम्रा भावनासँग जोडिएका चाडपर्वहरुमा भड्किला खानपिन, रंग रमाईलो मात्र नगरी आफ्ना आफन्त, साथीभाई, नातागोतासँग भावना, अनुभव, सिप र प्रविधी साटासाट गर्ने अवसरको रुपमा लिनु पर्ने आवश्यकता छ ।”

कार्यक्रममा शुभकामना दिनेहरुमा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य विष्णु अधिकारी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका टेक बहादुर क्षेत्री, राष्ट्रिय जनमोर्चा बागलुङ नगर समिति सदस्य इन्द्र खत्री लगायत हुनुहुन्थ्यो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा बागलुङ नगर समितिका अध्यक्ष थानेश्वर सुवेदीको अध्यक्षता र नगर समिति कोषाध्यक्ष आशा के.सी.को सञ्चालनमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here