राजमो बाग्लुङको अभियान जारी विभिन्न ठाउँमा सभा तथा भेटघाट

0
120

भिमलाल पोख्रेल, बाग्लुङ । राष्ट्रिय जनमोर्चा बागलुङले १० टाेली निर्माण गरेर फागुन महिना भरि सञ्चालन गरेकाे बिशेष संगठनात्मक अभियानकाे कार्यक्रम नारायणस्थान, बिनामारे, धम्जा, हटिया, दर्लिङ र धाेसा सामामा सम्पन्न गरेकाे छ । जस अन्तरगत टाेली नं. ३ ले बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानमा वलेवा स्तरीय प्रशिक्षण भेला तथा सदस्यता बितरण कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका नेता तथा गण्डकी प्रदेश मामिला सभापति माननीय कृष्ण थापाले सरकारले भ्रष्टाचारलाई प्रभावकारी ढंगले नियन्त्रण गर्न नसकिरहेको बेला भ्रष्टाचारलाई न्युनीकरण गर्न हाम्रो पार्टीले महत्त्वपूर्ण भुमिका खेलेको बताउदै अनुदानबाट कुनै पनि देश समृद्ध बन्न नसक्ने ठाेकुवा गर्नु भयाे । थप बाेल्दै प्रमुख अतिथि थापाले देशकाे राष्ट्रियता र राष्ट्रिय अखण्डता जाेगाउन राष्ट्रिय जनमाेर्चाले सञ्चालन गरेकाे अभियानलाई सफल पार्न सबैलाई अाग्रह गर्नु भयाे ।

कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगाना, विशिष्ट अतिथि राष्ट्रिय जनमाेर्चाका पुर्व सचिव कृष्ण अधिकारी, अतिथि राष्ट्रिय जनमाेर्चा बागलुङका सचिव भिमलाल पाेखरेल लगायतले मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य लाेकनाथ शर्मा, अखिल नेपाल किसान संघका जिल्ला सदस्य ढुण्डीराज पाैडेल, जातीय समता समाज बागलुङका सदस्य गाेबिन्दलाल बि.क., अखिल नेपाल महिला संघका गुमा देबि अाचार्य, अखिल छैठौंका पुर्व केन्द्रीय सदस्य दिवश पाैडेल, राष्ट्रिय जनमाेर्चा नारायणस्थानका अध्यक्ष राम बहादुर खडका, राष्ट्रिय जनमाेर्चा नारायणस्थानका पुर्व अध्यक्ष लक्ष्मी नारायण श्रेष्ठ, राष्ट्रिय जनमाेर्चा अमलाचाैरका अध्यक्ष घनश्याम सुनार, राष्ट्रिय जनमाेर्चा पैयुपाटाका अध्यक्ष प्रेम बहादुर राेका लगायतका अतिथिहरुकाे अातित्थ्यता रहेकाे थियाे । कार्यक्रम नगर अध्यक्ष थानेश्वर सुवेदीकाे अध्यक्षता, गाेबिन्द प्रशाद पाैडेलकाे सञ्चालन र जिल्ला सदस्य याेगेन्द्रराज पाैडेलकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।

टाेली नं. २ ले जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेमा घरदैलो गर्दै पर्चा तथा सदस्यता बितरण गरेकाे छ । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष के.बि. थापा, राष्ट्रिय जनमाेर्चा बागलुङका काेषाध्यक्ष दिल बहादुर दर्जी, राष्ट्रिय जनमाेर्चा बागलुङका सदस्य गाेपाल शर्मा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष लाल बहादुर पुन, राष्ट्रिय जनमाेर्चा जैमिनीका सदस्य हाेम बहादुर पुन, बालकृष्ण शर्मा लगायतका टाेलीले अभियान अगाडि बढाएकाे छ ।

टाेली नं. ४ ले काठेखाेला गाउँपालिका वडा नं. ३ धम्जामा पर्चा तथा सदस्यता बितरण कार्यक्रम सम्पन्न गरेकाे छ । अभियानमा अखिल नेपाल युवक संघका पुर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय जनमाेर्चाका राष्ट्रिय परिषद सदस्य तिलक थापा, राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार अर्जुन खत्री, राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य तथा काठेखाेला गाउँ समितिका अध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष अाेम बहादुर पुन, राष्ट्रिय जनमाेर्चा काठेखाेला गाउँ समितिका उपाध्यक्ष तथा काठेखाेला वडा नं ३ का सदस्य पुर्ण बहादुर थापा लगायत टाेलीमा रहनु भएकाे छ । भने भाेलि १७ गते वडा नं.३ धम्जाकाे वडा स्तरीय प्रशिक्षण भेला हुने कार्यक्रम रहेकाे छ ।

टाेली नं. ५ ले गलकाेट नगरपालिका वडा नं ३ काे हटियामा प्रशिक्षण भेला पर्चा तथा सदस्यता बितरण गरेकाे छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका सल्लाहकार टंक के.सी., जिल्ला सदस्य पदम श्रेष्ठ, अखिल नेपाल किसान संघ बागलुङका सदस्य गुमानसिं खत्री लगायतले मन्तव्य राख्नु भएकाे थियाे । टाेलीले हटिया बजारमा सदस्यता बितरण अभियान सञ्चालन गरेकाे छ।

टाेली नं. ७ ले बडिगाड गाउँपालिका वडा नं. १० काे निगलपानीमा पर्चा तथा सदस्यता बितरण गरेकाे छ ।अखिल नेपाल युवक संघका केन्द्रीय काेषाध्यक्ष भिमसेन वन, अखिल नेपाल महिला संघ बागलुङका सदस्य काेपिला थापा, राष्ट्रिय जनमाेर्चा बडिगाडका सदस्य मेयर सिं छन्त्याल लगायतका टाेलीले सदस्यता बितरण अभियान सञ्चालन गर्नु भएकाे थियाे ।

साथै टाेली नं. ८ ले ढाेरपाटन नगरपालिका वडा नं. ३ काे घाेसा सामामा घरदैलाे तथा सदस्यता बितरण सम्पन्न गरेकाे छ । कार्यक्रममा जातिय समता समाज बागलुङका अध्यक्ष नर बहादुर सुनार, राष्ट्रिय जनमाेर्चा बुर्तिबाङका सदस्य हिरा बहादुर खत्री, टेकलाल पाण्डे लगायतका टाेलीले अभियान सञ्चालन गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here