राजमो नेता देविलाल रानाको दुःखद निधन

0
445

मााघ ७, पाल्पा । राष्ट्रिय जनमोर्चा निस्दि गाउँपालिका पाल्पाका नेता देविलाल रानाको दुःखद निधन भएको छ । रानाको ४६ वर्षको उमेरमा २०७५ माघ ६ गते विहान ९ बजे दुःखद निधन भएको वहाँको पारिवारिक श्रोतले जनाएको छ ।

करिब ३५ दिनदेखि सुगरको समस्या समाधानका लागि काठमाडौं स्थित विर अस्पतालको ट्रामा सेन्टरमा उपचार असफल भएपछि वहाँलाई माघ ५ गते साँझ ६ बजे घर लगिएको थियो । घर पुगेको करिब १ घण्टामा नै रानाको निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

करिब २५ वर्ष भारत प्रवासमा बस्दा राना एकता समाज संगठित थिए । पछि नेपाल आए लगत्तै राष्ट्रिय जनमोर्चामा संगठित भएका थिए । गत स्थानीय निर्वाचनमा निस्दि गाउँपालिका पाल्पाको अध्यक्ष पदमा राजमोको तर्फबाट देविलाल राना उम्मेदवार समेत रहेका थिए ।

राना एक कर्मठ र इमान्दार कार्यकर्ता बताउँदै वहाँको निधनप्रति राजमो पाल्पाले शोक वक्तव्य जारी गरेको छ । एक इमान्दार कार्यकर्ता गुमाउँदा पार्टी र कम्यूनिष्ट आन्दोलनलाई ठूलो क्षति पुगेको वक्तव्यमा उल्लेख छ । उहाँका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here