राजमो दाङ तुल्सीपुरले विपी चोकमा कोण सभा गर्ने

0
241

भदौ १९, दाङ । राष्ट्रिय जनमोर्चा तुल्सीपुर उपमहानगर पालिकाले “संघीयता र कर वृद्धिका विरुद्धमा संघीयता खारेज गर, चर्को कर वृद्धि फिर्ता गर” भन्ने मूल नाराका साथ यहि भाद्र २५ गते दिउँसो २ बजे बिपि चोकमा कोण सभा गर्ने निश्चित गरेको छ । २०७५ भाद्र १९ गते बसेको बैठकले उक्त निर्णय गरेको नगर अध्यक्ष स्वामलाल पोख्रेलद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी देशको राष्ट्रियता, स्वाधिन्ता र अखण्डताको रक्षा गर्नुका साथै संघीयताका विरुद्धको आन्दोलनलाई थप ब्यबस्थित गर्नको लागि असोज १ देखि मसन्तासम्म घरदैलो तथा सदस्यता अभियान चल्ने छ । उक्त अभियान असोज महिनाको १ देखि ४ सम्म वाडा नम्बर ४ मा, ५ देखि ९ सम्म वाडा नम्बर ७ मा , १० देखि १३ सम्म वाडा नम्बर ६ मा, १४ देखि १६ सम्म वाडा नम्बर ५ मा, १७ देखि १९ सम्म वाडा नम्बर १७ मा, २० र २१ गते वाडा नम्बर १८ मा, २२ र २३ गते वाडा नम्बर १९ मा, २४ गते वाडा नम्बर ८ मा, २५ गते वाडा नम्बर ९ मा र अरु सबै वाडामा पनि अभियान चल्ने छ ।

नगर अध्यक्ष स्यामलाल पोख्रेलको अध्यक्षता र जिल्ला अध्यक्ष गणेश आचार्यको विशेष उपस्थिमा बसेको बैठकले उक्त निर्णय गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here