राजमो दाङले जिल्ला सम्मेलन गर्दै

0
193

दाङ । ‘आमूल परिवर्तन र बर्गबिहिन समाज निर्माण हाम्रो अभियान, गणतन्त्र र राष्ट्रियताको रक्षा तथा संघीयताको विरुद्धमा चौथो जिल्ला सम्मेलन’ भन्ने नाराका साथ राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले आगामी जेठ ४ र ५ गते चौथो जिल्ला सम्मेलन घोराहीमा गर्ने भएको छ । जिल्ला अध्यक्ष रेशम बिसीको अध्यक्षतामा बसेको जिल्ला समितिको बैठकले सम्मेलन गर्ने ठेगान गरेको हो । बैठकपछि सचिव गणेश आचार्यद्वारा जारी विज्ञप्तिमार्फत सो जानकारी गराइएको छ ।

विज्ञप्तीमा उल्लेख भए अनुसार रेशम बिसीको सयोजकत्वमा गणेश आचार्य, दोर्ण घर्ती, ऋषिराम पौडेल, वसन्त पौडेल, शुक्रराज भण्डारी, चन्द्रबहादुर नेपाली, दिनामणी आचार्य, खडानन्द खनाल र कृष्णा राना रहेको ब्यबस्थापन समिति गठन गरेको छ ।

सम्मेलनको पुर्ब तयारीका रुपमा २०७५ बैशाख १० गते भित्रमा गाउँ र नगर सम्मेलन र वडा भेला गरिसक्ने निर्णय पनि बैठकले गरेको छ । स्थानीय सरकारहरुले अनाधिकृत र अस्वाभाविक रुपमा गुणात्मक कर वृद्धि गरि जनताको ढाड सेक्ने काम गरेको भन्दै विज्ञप्ती मार्फत बिरोध गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here