राजमो दाङले जिल्लाव्यापी विरोध सभा गर्ने

0
130

माघ १०, दाङ । राष्ट्रिय जनमोर्चा दाङले जिल्लाका विभिन्न ठाउँहरुमा बिरोध सभा गर्ने भएको छ । संघीयता, राष्ट्रिय बिखण्डन र प्रतिगमनको खतराका विरुद्ध संघर्ष गरौं ! महङगी, हिंसा र बलात्कारको अन्त्य गरौ !! भन्ने मुल नाराका साथ भालुबाङमा माघ १९ गते बिरोध सभा गर्ने भएको छ ।

उक्त दिन साही घोषणा गरेको कालो दिन समेत भएकोले बिरोध को प्रतिकका रुपमा देश भरी नै बिरोध सभा हुदैछ । आज २०७५ पुष १० गते बसेको जिल्ला समितिको बैठक ले उक्त कार्यक्रम तय गरेको हो । यसैगरी प्राकृतिक श्रोत साधनहरुको अनियन्त्रित दोहन बढेकोले त्यसको बिरोध गरेको छ ।

जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षता तथा केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीको अध्यक्षतामा बसेको बैठकले त्यसै विषयलाई लिएर जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र सम्बन्धि स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने र कोणसभा गर्ने भएको छ । उक्त कार्यक्रम घोराहीमा माघ १५ गते, तुलसीपुरमा १६ गते, लमहिमा १७ गते, राप्तिमा १८ गते, गढबा २० गते र राजपुर २२ गते हुनेछ । यसैगरी बैठकले युबा बिद्यार्थीले सञ्चालन गरेको सांगठनिक अभियानलाई सहयोग गर्ने निर्णय समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here