राजमो दाङले जिल्लाभरी संगठनात्मक अभियान गर्ने

0
43

गणेश आचार्य, घोराही । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको अगुवा कार्यकर्ता भेला घोराहीमा सम्पन्न भएको छ । भेलाको उदघाटन केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपालिले मैनबत्ती बारेल गर्नु भयो । आगामी फागुन महिनामा गणतन्त्र , राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौ ! संगठनात्मक अभियान सफल पारौ भन्ने नाराका साथ सम्पन्न हुने संगठनात्मक अभियानको तयारीका लागि भेला सम्पन्न भएको हो ।

भेलाले फागुन महिनामा पार्टीको सम्पुर्ण शक्ति संगठन निर्माणमा लगाउने र देशमा ब्याप्त भ्रष्टाचार , अनियमितताको बिरोध गर्दै एमसिसी र सिमा अतिक्रमणका विरुद्ध जनतालाई संगठित गर्ने योजनाका साथ आम जनतालाई पार्टीको सदस्यता प्रदान गर्ने र संगठित गर्ने योजना तर्जुमा गरेको छ ।

जिल्ला लाई आठ भागमा बिभाजन गरि अभियान चल्ने र उक्त अभियान को उदघाटन फागुन को १ गते गरिने भएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको भेलामा केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपाली पुर्ब केन्द्रिय सल्लाहकार सुरेश थापा केन्द्रिय सदस्य कमला जि सि प्रदेश सदस्य रेशम बि सि अखिल नेपाल युवक संघ का पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल ने क पा मसाल जिल्ला प्रबक्ता भरत भण्डारीले मन्तब्य राख्नु भएको थियोे । जिल्ला सचिब वसन्त पौडेल को संचालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य जिल्ला कोषाध्यक्ष स्यामलाल पोख्रेलले गर्नु भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here